ऐतिहासिक क्षण : अमेरिकाको ट्वेन्टी ट्वेन्टी यात्रा सुरु
काठमाडौं। संयुक्त अरब ईमिरेट्स भ्रमणमा रहेको संयुक्त राज्य अमेरिकाले आफ्नो शताब्दी लामो क्रिकेट ईतिहासमा पहिलो पटक ट्वेन्टी ट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेट खेल्दै छ ।
डेब्युसँगै अमेरिका ट्वेन्टी ट्वेन्टी अन्तर्राष्ट्रिय खेल्ने २८ औं मुलुकको रुपमा ईतिहासमा दर्ता भएको छ । युएईको दुबईसथित आईसीसी एकेडेमी मैदानमा पहिलो ट्वेन्टी अन्तर्राष्ट्रियमा युएईविरुद्ध अमेरिकाले टस हारेर पहिले ब्याटिङको निम्तो पाएको छ ।
हुन त अमेरिका क्रिकेटको दुनियाँ कुनै नयाँ नाम होइन । १८ औं शताब्दीमै क्रिकेटमा प्रवेश गरेको अमेरिका सन १९६५ मै अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को एसोशिएट सदस्य राष्ट्र भइसकेको थियो । सन २००४ मा पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलेको अमेरिकाले ट्वेन्टी ट्वेन्टी अन्तर्राष्ट्रियको अनुभव बटुल्न पाएको थिएन् । आईसीसीले २०१९ जनवरी यता आफ्ना सबै सदस्य राष्ट्रले एक आपसमा खेलेको ट्वेन्टी ट्वेन्टी म्याचलाई अनतर्राष्ट्रिय मान्यता दिएपछी अमेरिकाले पनि सो अवसर पाएको हो ।
क्रिकेट अमेरिका दुबई