देश

राहदानी विभागद्वारा कार्यालय समय १ घण्टा थप

सधै १० बजे खुल्ने कार्यालय अब ९ बजे

राहदानी विभागद्वारा कार्यालय समय १ घण्टा थप

काठमाडौं। ग्राहकको चाप अत्यधिक भएपछि राहादानी विभागले कार्यालय समयमा बढोत्तरी गरेको छ ।

यसअघि १० बजे खुल्ने र ५ बजे बन्द हुने गरेको काठमाडौंस्थित राहदानी विभागले १ घण्टा कार्यालय समय थप गरेको छ । यस्तो भएपछि ९ बजे कार्यालय खुल्ने र बेलुका ५ बजेसम्म चल्ने भएको छ । विभागले सेवाग्राहीको चाप मध्य नजर गरी थप गुणस्तीय सेवा प्रदान गर्न कार्यालय समय थपिएको जनाइएको छ । उक्त निर्णय चैत १ अर्थात आजैबाट लागु भइसकेको छ । अन्य दिन ९ देखि ५ बजेसम्म चल्ने कार्यालय शुक्रबार भने ९ देखि ३ बजेसम्म खुला रहनेछ । अरु बेला शुक्रबार १० देखि ३ बजेसम्म कार्यालय समय हुने गरेको थियो ।  

हरेक दिन विभाग अगाडि राहदानी लिनेहरुको भीड हुने गरेको छ । यसबाट सबैभन्दा धेरै फाइदा भने एकै दिनमा राहदानी लिनेहरुलाई हुने विभागले बताएको छ । सरकारले जिल्ला प्रशासन कार्यालयहरु तथा विदेशस्थित कुटनैतिक नियोगहरुबाट राहदानी वितरण गर्दै आएको भएपनि कम समयमै उपलब्ध हुने तथा धेरैको बसाइ काठमाडौं उपत्यकामा रहेको कारण राहदानी विभागमा राहदानी लिन अत्यधिक चाप हुने गरेको छ ।

राहदानी पासपोर्ट नेपाल राहदानी विभाग

विशेष