खेल

अफ्गानिस्तानको बलिङ अगाडि आयरल्याण्ड निरीह, पहिलो पारीमा १ सय ७२ मा अलआउट

अफ्गानिस्तानको बलिङ अगाडि आयरल्याण्ड निरीह, पहिलो पारीमा १ सय ७२ मा अलआउट

काठमाडौं। अफ्गानिस्तानविरुद्धको पहिलो टेस्टमा आयरल्याण्डले पहिलो पारीमा १ सय ७२ रन बनाएको छ ।

भारतको देहरादुनमा जारी एक मात्र खेलको श्रृङ्खलामा टस जितेर आयरल्याण्डले पहिला ब्याटिङ गर्दै ६० ओभरमा अलआउट भएको छ । आयरल्याण्डका लागि अन्तिममा ब्याटिङ गर्न आएका टीम मुर्ताफले सर्वाधिक नटआउट ५४  रन बनाए । जर्ज डकरेलले ३९ रन, पल स्टर्लिङले २६ रन तथा केभिन ओब्राइनले १२ रन बनाउन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेन । अफ्गानिस्तानका मोहम्मद नाबी र यामिन अहमदजाई ३/३ विकेट लिदा राशिद खान र वकार सलामखेइले समान २/२ विकेट लिए ।

भारतलाई घरेलु मैदान बनाएको अफ्गानिस्तानविरुद्ध भारत भ्रमणमा रहेको आयरल्याण्डले यसअघि पाँच खेलको एकदिवसीय श्रृङ्खला २-२ बराबरी गरेको थियो भने ट्वेन्टी ट्वेन्टी श्रृङखला ३-० ले गुमाएको थियो ।

क्रिकेट आयरल्याण्ड अफ्गानिस्तान

विशेष