डढेलोबाट सल्केको आगोले ६ घर जलेर नष्ट

खोटाङ। खोटाङमा आगलागीबाट ६ वटा घरमतान जलेर नष्ट भएको छ । शुक्रबार दिउँसोबाट सल्केको डढेलोले जिल्लाको रावावेशी गाउँपालिका वडा नम्बर ५, दुवेकोलमा ३ वटा तथा ऐसेलुखर्क गाउँपालिकाको माक्पा ३ वटा घरमतान जलेको हो ।
दुवेकोलका गोपाल पाण्डे, युवराज पाण्डे र अभिकेसर पाण्डेको घरमतान जलेर नष्ट भएको छ भने माक्पाका तोमबहादुर निरौला र पहलमान निरौलाको पनि घर र मतान जलेर नष्ट भएको छ । डढेलो नियन्त्रणमा लिने प्रयास भइरहेको भए पनि हावाहुरी चलिरहेका कारण सिंगो गाउँ नै असुरक्षित बनेको स्थानीय प्रशासनले जनाएको छ ।
डढेलो खोटाङ आगलागी