खेल

अभ्यास खेल खेल्न युवा क्रिकेट टोली भारत प्रस्थान

अभ्यास खेल खेल्न युवा क्रिकेट टोली भारत प्रस्थान

काठमाडौं। आईसीसी यू-१९ विश्वकप अन्तर्गत एसिया क्षेत्रीय(डिभिजन एक) छनोटको तयारीका लागि नेपाली युवा टोली भारततर्फ प्रस्तान गरेको छ ।

भारतमा नेपालले चारवटा अभ्यास खेल खेल्ने तालिका तय गरिएको छ । भारतको आन्ध्र प्रदेश प्रान्तमा हुने चारवटै अभ्यास खेलमा प्रदर्शनका आधारमा छनोट प्रतियोगिता खेल्ने अन्तिम टोलीको टुंगो लगाइने बताइएको छ ।

विनोद दासको प्रशिक्षणमा युवा कप्तान रोहित पौडेलको नेतृत्वमा १८ जना खेलाडी भारत भ्रमणमा गएका छन् ।

यस्तै टिम कप्तान पौडेल संगै आसिफ शेख, पवन सराफ, कुशल मल्ल, सन्दिप जोरा, भिम शार्की, रवीकुमार शाह, रित गौतम, कमलसिंह ऐरी, लोकेशबहादुर बम, सागर ढकाल, हरीबहादुर चौहान, प्रतिश जिसी, आकाश चन्द, शूर्य तामाङ, रासिद खान  र शेर मल्ल रहेका छन । छनोट प्रतियोगिता भने अप्रिलमा मलेसियामा हुनेछ ।

विशेष