रविविरुद्ध खनिए प्रचण्ड परिवार तथा नेता कार्यकर्ता
काठमाडौं। टेलिभिजन प्रस्तोता रवि लमिछानेको आलोचना यति बेला सर्वत्र छ । आलोचना भन्दा पनि उनको विरोध भइरहेको छ भनेर बुझ्न सकिन्छ । एक कार्यक्रममा प्रचण्डको बारेमा दिएको अभिव्यक्तिका कारण उनीमाथि प्रचण्ड परिवार तथा नेकपाका नेताहरु खनिएका छन् ।
प्रचण्डकी नातिनी सृष्टि दाहाल केसीले फेसबुकमा स्टाटसमार्फत लेखेकी छिन्,"तिमीहरु तरुनीसंग बराल्लिएर हिँड्ने बेलामा प्रचण्डले वाक स्वतन्त्राका लागि युद्ध लड्दै थिए । निरंकुशतन्त्रकाविरुद्ध धावा बोल्दै थिए । मुलुकको थिति परिवर्तनमा जसको एक चिम्टी भुमिका छैन । उ केवल बौलाहाजस्तो बर्बराउन बाहेक अरु के नै जानेको हुन्छ र ?
वाइसीएल अध्यक्ष रामप्रसाद सापकोटा टिप्पणी गर्दै लेखेका छन्,"पत्रकार नामको एक `पेटिकोट लम्पट’ ले पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डबारे जे अभिव्यक्ति दिए त्यो खेदजन्यमात्रै छैन माफियोग्य समेत छैन । कृष्णलीलाभक्त लामिछानेप्रति साईबर अपराध अन्तर्गत कारवाही गर सरकार !"