भिडियो कभर स्टोरी

पूर्वमन्त्री कृपासुर शेर्पाले कीर्ते चेकमा छोरो फसाए

पूर्वमन्त्री कृपासुर शेर्पाले कीर्ते चेकमा छोरो फसाए

पूर्वमन्त्री कृपाशुर शेर्पाले फेरि पनि छोरा गणेश शेर्पालाई ललिपपको खुवाईको शैलीमा फसाएका छन् । हुन त पूर्वमन्त्री शेर्पाबाट भएको यो नौलो काम भने होइन । छोरालाई फसाउन उनले प्रयोग गरेको शैली मात्र फरक । यसअघि पनि शेर्पाले अंश माग्दा आफ्नै छोरालाई गुण्डा लगाए, बुहारीलाई गोली ठोक्ने धम्की दिए । यो समय भने शेर्पाले निकै शान्त शैली अपनाएका छन् ताकि सर्प पनि मरोस, लाठी पनि नभाँचियोस् । काखमा राखेर बाबुले रोपेको छूराको पीडा गणेशले तब थाहा पाए, जब उनीसंग टेक्ने जमिन र समाउने हाँगा थिएन । 

 

यसरी रोपियो विवादको बीउ
 

अंश मुद्दाको लडाई लडेको पाँच वर्षपछि बाबु छोराबीच सम्झौता भयो । तर त्यत्रो समयको कानूनी लडाइलाई पूर्वमन्त्री शेर्पाले सजिलै लत्याइदिए ।  उनले १ करोड ६५ लाख नगद र जोरपाटी नयाँ बस्तीमा रहेको दुई रोपनी जग्गा दिने सम्झौतामा गणेशलाई हस्ताक्षर गर्न लगाए । तर उक्त कागजमा भने दश लाख रूपैयाँ रकम दिएर एक करोठ ६५ लाख बुझिएको भनेर लेखिएको रहेछ । आफूलाई लेखपढ गर्न नआउने मौकाको फाइदा उठाएर किर्ते कागजमा फकाएर हस्ताक्षर गर्न लगाएको गणेशको आरोप छ । 

 

कुनै समय गणेशलाई ज्यान मार्ने धम्की सम्म दिन पछि परेका थिएनन् पूर्वमन्त्री शेर्पा । केही समयपछि भने उनमा एकाएक परिवर्तन आयो । छोराको फोन पनि समयमै उठाउन थाले र आफैं पनि फोन गर्न थाले । घरमै आएर गणेशका परिवारलाई भेट्थे । 

 

१ करोड ६५ लाखको चेक काटेर कृपाशुरले छोरालाई दिने भए । छोेरासँगको सम्बन्ध राम्रो बनाए पछि उनले सम्झौताको कागज बनाएर हस्ताक्षर गर्न लगाए । उक्त सम्झौता दश लाख रकम बुझेर पूरै पैसा बुझियो भन्ने उल्लेख गरिएको रहेछ । बाबुको मायामा फसिसकेका गणेशले पैसा पाइहाल्छु भनेर ढुक्कसाथ हस्ताक्षर गरेछन् । 

 

घटनाको विस्तार लगाउदै गणेशले भने, ‘चेक काटेपछि यो लगेर म अदालतमा दिन्छु भनेर बाबा मलाई लिएर अदालत हिँड्नुभयो । त्यहाँ के के पेपर बनाएर मलाई पनि हस्ताक्षर गर्न लगाइयो । मैले यति गरेपछि चेक मागें । तर दिन मान्नुभएन । म तलाई दिइहाल्छु नि भनेर तर्किनुभयो । त्यसपछि हामी खाना खान भनेर नोर्लिङ रिसोर्ट गयौं । बाटोमा नयाँ ज्याकेट  किनिदिनुभयो । मेरी श्रीमती र स्कुलमा भएका छोराछोरीलाई पनि आफ्नै गाडीमा राखेर ल्याउन लगाउनुभयो । त्यही समयमा मेरो आँखा अघि चेक च्यातेर फाल्नुभयो । मैले के गरेको यस्तो भनेर प्रतिकार गर्न खोज्दा दिइहाल्छु नि तेरो नाममा दिने जग्गा देखाउँछु ल हिँड भन्दै त्यहाँ देखि अलि पर जबमु डाँडास्थित दुई रोपनी जग्गा देखाउनुभयो ।’

त्यससँगै कृपासुरले कान्छी आमापट्टिको छोरालाई गणेशसँग भेटाउने आश्वासन दिए । कान्छी आमासँग पनि छिट्टै घरमा कुरा मिलाउने भनेपछि गणेश फुरुङ्ग थिए । किनभने उनका आफ्ना दाजुभाई दिदीबहिनी छैनन् । बाबुले माया गर्छन् जस्तो लागेर भावनामा बग्न थाले । तर त्यसको भोलिपल्टदेखि बाबुको  फोन उठेन । सम्झौता भएको दुई महिना बितिसक्यो तर कार्यान्वयनमा जान नसक्दा गणेश फेरि रूमल्लिएका छन् । 

 

भन्छन्, ‘बाबाले माया गर्ने रहेछन् भनेर भावनामा बहकिएँ । तर सबै मलाई फसाउन रचिएको षड्यन्त्र रहेछ । मलाई सिध्याउनै खोजिएको रहेछ भनेर पछि थाहा पाएँ ।’ गणेशले अहिले पनि बाबुलाई सम्पर्क गर्ने प्रयास गरिरहेका छन् । तर सम्भव भइरहको छैन । घरमा फोन गर्दा उनकी कान्छी आमाले फोन उठाउँछिन् । बाउलाई फोन दिनु भनेर गणेशले भन्दा उल्टै ‘को बाऊ’ भनेर थर्काउँछिन् । गणेशलाई घरमा जाँदा उनीमाथि प्रहरी परिचालन गराइन्छ र बाहिरैबाट खेद्ने वातावरण बनाइएको छ । 

 

पछिल्लो समय एकपछि अर्को गर्दै भ्रष्टाचारका गतिविधी सार्वजनिक भइरहँदा गणेशले पूर्वमन्त्री शेपाको पनि अकुत सम्पत्ति रहेको बताएका छन् । सुब्बाबाट जागिर सुरु गरेका शेर्पा पछि भन्सारमा प्रवेश गरे । उनीसँग अहिले करोडौंको सम्पत्ति भएको गणेशको बयान छ । पशुपति शर्माले आफ्नो गीतमा भनेका थिए, ‘मेरो गाउँको एउटा साथीले सुब्बामा जागिर खायो, तीन वर्षमै घर ठड्यायो कहाँबाट पैसा आयो ?’

 

शेर्पाको हकमा पनि यस्तै भएको र उनले ती सबै सम्पत्ति छोराछोरी र परिवारका अन्य सदस्यको नाममा राखिदिएको गणेश बताउँछन् । शेर्पाको सम्पतिमाथि छानबिन गर्नुपर्र्ने माग उनले राखेका छन् । 

गणेश शेर्पा पूर्वमन्त्री कृपासुर शेर्पा

विशेष