देश

बोलपत्र भएको एक वर्षपछी बल्ल नौ खोलामा पुल निर्माण शुरु

बोलपत्र भएको एक वर्षपछी बल्ल नौ खोलामा पुल निर्माण शुरु

भरतपुर। बोलपत्र भएको एक वर्षपछि चितवन माडीका नौ पुलको निर्माण कार्य शुरु भएको छ । 


चितवन राष्ट्रिय निकुञ्जले वातावरण प्रभाव मूल्याङ्कन (इआइए) नभएको भन्दै रोक लगाएपछि निर्माण कार्य अलपत्र परेको थियो । एक साताअघि मात्र इआइएको काम टुङ्गिएपछि पुल निर्माणको काम शुरु भएको माडी नगरपालिकाका प्रमुख ठाकुरप्रसाद ढकालले जानकारी दिए । ढकालले भने, “बोलपत्र भएको एक वर्षपछि नौ खोलामा पुल निर्माण शुरु भएको छ। अन्य तीन पुलको पनि अर्थ मन्त्रालयबाट बजेट स्वीकृत भएर आइसकेको छ ।” 


भरतपुर–माडी–ठोरी हुलाकी सडकअन्तर्गत पर्ने रिउ, बगर्ई, घाँघर, तुनामुना, परवी, पतरे, रिमाल, बाँदरमुढे र मुगई खोलमा पुल निर्माणका लागि बोलपत्र भएको हो । यस्तै भालु, रतनी र चितही खोलाको पुल निर्माणका लागि एक हप्ताभित्र बोलपत्र आह्वान हुने प्रमुख ढकालले बताउनुभयो । माडीका १२ वटा पुल निर्माणका लागि करीब रु ८२ करोड लागत लाग्ने बताइएको छ । 


घाँघर र रिमाल खोलमा पुल निर्माणको काम शुरु भइसकेको छ भने अन्य खोलामा तत्काल काम शुरु हुने हुलाकी राजमार्गअन्तर्गतको योजना कार्यालय वीरगञ्जका निमित्त योजना प्रमुख श्यामनारायण मिश्रले बताए  । 

पुल चितवन माडी

विशेष