मुख्य समाचार

सिक्टामा लागत १३ अर्ब बढ्यो, ७७ सालमा पनि निर्माण पूरा हुनेमा शंका 

सिक्टामा लागत १३ अर्ब बढ्यो, ७७ सालमा पनि निर्माण पूरा हुनेमा शंका 

काठमाडौं । सरकारले २२ वटा आयोजनालाई राष्ट्रिय गौरवका आयोजनामा सूचीकृत गरेकोछ तर अधिकांशको प्रगति निराशाजनक छ । सरकारले समृद्ध नेपाल सुखी नेपाली’को नारा तय गरेको छ । यसका लागि राष्ट्रिय गौरवका आयोजनाबाहेक अरु कार्यक्रम सरकारसँग छँदा पनि छैनन् । भएका आयोजनाहरु पनि समयमा निर्माण नहुँदा लागत धान्न नसकिने गरी बढेको छ । 

 

गौरव गर्न लायक नरहेको तर सरकारले गौरवका आयोजनामा समेटेको सिक्टा सिँचाइ आयोजना त्यस्तै भद्रगोल आयोजनामध्येको एक हो । ६१ सालमा शुरु गरिएको सिक्टाको काम ७१ सालमा सम्पन्न हुने भनिएको थियो । तर ७५ सालमा पनि सम्पन्न नभएपछि म्याद बढाउने र खर्च बढाउने क्रम जारी छ । 


७१ सालमा सम्पन्न हुनुपने सिक्टा सिँचाइ योजनाको संशोधित लक्ष्म ७७ सालपुगेको छ । बजेटको अधबाषिक समिक्षामा उल्लेख भएअनुसार यो आयोजना सुरु गर्दा १२ अर्ब ८० करोड १७ लाख मा सम्पन्न गर्ने भनिएको थियो । अहिल लागत २५ अर्ब २ करोड पुग्दैछ । 

 

चालु आर्थिक वर्षमा यो आयोजनाका लागि सरकारले १ अर्ब ४९ करोड ४३ लाख रुपैयाँ छुट्याएको थियो । समिक्षा अवधिसम्ममा ४३ करोड ३३ लाख रुपैयाँ खर्च भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा २८ प्रतिशत खर्च भएकोमा यो पटकको दुई तिहाईको शक्तिशाली सरकारले एक प्रतिशत बढी काम गरेको छ । अर्थात यसपटक २९ प्रतिशत खर्च भएको छ । 

 

बाँके जिल्लाको राप्ती नदीमा ३१७ मिटर लम्बाईको बाँध निर्माण गरी दायाँतर्फ करिब ३३ हजार ७६६ हेक्टर र बायाँतर्फ ९ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा उपलब्ध गराउने भनेर आयोजना शुरु गएिको थियो । 

 

जिल्लाको अगैयास्थित राप्ती नदीमा ब्यारेज बनाउने, रेगुलेटर बनाउने, फ्लसिङ च्यानल, डेसिल्टिङ बेसिन आदिको काम गरिनुपर्ने छ । सिँचाईका लागि निर्माणाधीन नहरको लम्बाई ५३ किलोमिटर हुनेछ । मूलनहर बाहेक शाखा नहरसमेतको लम्बाई २३३ किलोमिटर छ । 

 

समिक्षा अवधिसम्ममा सिक्टाको पूर्वी नहरतर्फ ८ किलोमिटर सम्पन्न भएको छ । ५ सय मिटरमा आरसिसी लाइनिङ मात्रै भएको छ । आयोजनामा हालसम्म करिब १५ अर्ब खर्च नै भइसकेको छ । भौतिक प्रगति ५७ प्रतिशत भएको छ । 
 

विशेष