खेलकुद क्षेत्रमा सरकार सफल, दुई वर्षमा मुलपानी मैदान बनाउछोँ : मन्त्री विश्वकर्मा
काठमाडौं । युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले आफ्नो एक वर्षे कार्यकल सफल भएको दाबी गरेका छन् ।
आइतवार आफू पदबहाली गरेको एक वर्ष पुरा भएको अवसरमा पत्रकार सम्मेलन गरी आफ्नो मन्त्रालयमार्फत भएका कार्य सम्पादनको फेहरिस्त सुनाएका छन् । सरकारले सबै स्थानीय तहमा एउटा वटा खेलग्राम निर्माणका लागि स्थानीत तह खेल पूर्वाधार निर्माण कार्यविधि मन्त्रिपरिषदबाट स्वीकृत भई कार्यान्वयनमा ल्याइएको मन्त्री विश्वकर्माको दाबीले दाबी गरे ।
काठमाडौंको मूलपानीमा निर्माण कार्य अघि बढाइएको अन्तर्राष्ट्रिय क्रिकेट मैदानको निर्माण २ वर्षभित्र सम्पन्न गर्ने प्रतिवद्धता जनाएका मन्त्री विश्वकर्माले १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता आयोजनाका लागि आवश्यक खेल पूर्वाधार निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको दाबी गरे । ८ औं राष्ट्रिय खेलकुद प्रतियोगितासँग सम्बन्धित खेलका पूर्वाधार निर्माण कार्य अन्तिम चरणमा रहेको मन्त्री उनले जानकारी दिए ।
चालू आर्थिक वर्षभित्रै देशका विभिन्न भागमा ६ वटा रंगशाला, १९ वटा कभर्ड हल, ७ वटा क्रिकेट मैदान र विभिन्न ९० स्थानमा स्थानीय खेल मैदान निर्माण कार्यलाई तीव्रता दिने योजना रहेको मन्त्री विश्वकर्माले बताए ।