यस्तो छ उर्जामन्त्री वर्षमान पुनको एक वर्षे कार्य प्रतिवेदन
काठमाडौं। उर्जा, जलश्रोत तथा सिञ्चाई मन्त्री वर्षमान पुन'अनन्त'ले पदबहाली गरेको एक वर्षमा गरेका कामहरुको फेहरिस्त सार्वजनिक गरेका छन् ।
आइतवार मन्त्रालय पत्रकार सम्मेल आयोजना गरी मन्त्री पुनले मन्त्रालयको आफ्नो वार्षिक प्रतिवेदन सार्वजनिक गरेका हुन् । मन्त्रालय नेपाल सरकारको “समृद्ध नेपाल, सुखी नेपाली” राष्ट्रिय आकांक्षा पुरा गर्न २०७५–८५ को अवधिलाई “ऊर्जा तथा जलस्रोत दशक” को रुपमा मनाउने गरी ऊर्जा, जलस्रोत तथा सिंचाइ क्षेत्रको वर्तमान अवस्था, समस्या र चुनौतिहरुको यथार्थ चित्रण सहित यस क्षेत्रको समग्र विकासको लागि भावी मार्गचित्र (श्वेतपत्र) जारी गरी कार्यान्वयनमा ल्याइएको प्रतिवेदनमा उल्लेख छ ।
“नेपालको पानी जनताको लगानी, हरेक नेपाली विद्युतको शेयरधनी” नाराका साथ “जनताको जलविद्युत कार्यक्रम” घोषणा कार्यक्रम संचालनमा ल्याइएको मन्त्री पुनले उल्लेख गरेका छन् । मन्त्रालयले ४० पृष्ट लामो प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवदेन तलको लिङकमा राखिएको छ ।