भारतमा प्रतिबन्धित माछा नेपालमा छ्याप्छ्याप्ती
काठमाडौं । भारतम प्रतिबन्धित माछा नेपालमा खुलेआम बिक्री हुने गरेको छ । भारतको आन्ध्र प्रदेशमा उत्पादन हुने र विषादीयुक्त रसायनसहित नेपाल आउने माछा नेपालगञ्जका बजारमा छ्याप्छ्याप्ती भेटिन्छन् । भारतबाट आयात हुने माछा नेपालगञ्ज पुग्न छिटोमा पनि एक साता लाग्छ कहिलेकाहीँ १० देखि १२ दिन पनि लाग्ने माछा व्यवसायी बताउँछन् ।
‘फर्मलिन (लामो समयसम्म माछा ताजा राख्न प्रयोग गरिने केमिकल) सहितको माछा आन्ध प्रदेशबाट ६ दिनभित्र नेपालगञ्ज आउँछ,’ नेपालगञ्जको हिमालय अर्डर एन्ड सप्लार्यसका सञ्चालक अकिल अहमद भन्छन्, ‘एक दिन आइसमा राखेन भने त्यो कुहिन्छ।’ नेपालगञ्जमा झन्डै आधा दर्जन थोक माछा सप्लार्यस छन् । यो समाचार अन्नपूर्ण पोस्ट दैनिकबाट लिइएको हो ।
भारत प्रतिबन्धित माछा