मुख्य समाचार

प्रगति विवरण हेर्दा तुरुन्तै हटाउनु पर्ने मन्त्री त बस्नेत रहेछन् 

प्रगति विवरण हेर्दा तुरुन्तै हटाउनु पर्ने मन्त्री त बस्नेत रहेछन् 

काठमाडौं । वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका छन् शक्तिबहादुर बस्नेतले । बस्नेत यस्ता पात्र हुन् जसले आफ्नो विगतको पोर्टफोलियो भन्दा तल खसेर वन मन्त्रालय सम्हालिरहेका छन् । अर्थात यिनी पहिले गृहमन्त्री थिए । त्रिभुवन विमानस्थलबाट १० वर्षमा ३८ क्विन्टर सुन तस्करी भएको थियो । त्यो ३८ क्विन्टलमा यिनको पनि हिस्सा छ किनभने निी गृहमन्त्री हुँदा पनि त्यो धन्दा चलेको थियो । सेटिङमा भएको त्यो तस्करीको शुभलाभ यिनको हातमा पर्यो कि परेन, अज्ञात छ । 

 

बजेटको छ महिने अर्धवार्षिक समिक्षामा बस्नेतले सम्हालिरहेको वन तथा वातावरण मन्त्रालयको प्रगति विरक्त लाग्ने प्रकृतिको छ । मन्त्रालयको पहिलो प्रगतिमै रुख काटेको कुरा लेखिएको छ । अर्थात चालु आर्थिक वर्षको छ महिनामा ३ लाख ८५ हजा ४ सय ९४ क्युविक फिट काठ उत्पादन भएको उल्लेख छ । रोचक त के छ भने बजेटसँग काठ उत्पादनको सम्बन्ध ? सरकारले बजेट ल्याउन सकेन भने पनि काठ उत्पादन त भइरहन्छ । स्वभाविक रुपमा हुने कामलाई पनि मन्त्रालयको प्रगति भनेर पठाउने मन्त्री हुन्, शक्तिबहादुर बस्नेत । 

 

वन तथा वातावरण मन्त्रालयको अर्धवार्षिक समिक्षामा बन जोगाएको, वृक्षारोपण गरेको, काष्ठजन्य वस्तुको आयात रोकिएको जस्ता केही प्रगतिका कुरा छैनन् । नेपालमा वनजंगल प्रशस्तै छ, तर पनि काष्ठजन्य उत्पादनहरु चीनबाट आयात हुन्छ । वैज्ञानिक वन व्यवस्थापन गर्ने, काष्ठजन्य वस्तुको उत्पादन गरेर त्यस्ता आयात रोक्ने कुरा प्रगतिमा कतै केही छैन । यति ठूलो देशमा ८ ठाउँमा १६ प्रजातिका वनस्पति रोप्ने काम भएको उल्लेख छ । 
रेडपाण्डाको संरक्षण योजना तयार बनाउने, अर्ना  र भालु संरक्षण योजनाको सेवा प्रदायक छान्नमा पूरै मन्त्रालयले ६ महिना सिध्याएको छ । 

 

देशभर जिल्ला वन कार्यालय, हरेकमा उपसचिव सरहका हाकिमहरु, अधिकृतहरु, कर्मचारी, सवारी साधन, कार्यालय राखेर ठूलो सरकारले ठूलो सञ्जाल पालेको छ । यति ठूलो सञ्जालले गरेको कामको प्रगति विवरण लेख्ने बेलामा केही नभेटिएपछि मन्त्रालयले उपत्यकाको पाँच स्थानमा वायु गुणस्तर मापन केन्द्र स्थापना भएको  र सञ्चालन भएको कुरालाई समेत प्रगति विवरणमा उल्लेख गरेको छ । 
 

विशेष