स्वास्थ्य

यस्ता छन् आलु खानुका फाइदा

यस्ता छन् आलु खानुका फाइदा

काठमाडौं । आलु एक सर्वसुलभ र सस्तो सब्जी तथा खाजा हो । नेपाली भान्सामा सबैभन्दा बढी प्रयोग हुने तरकारी पनि हो यो । आलुलाई जुनसुकै तरकारीसँग पनि मिसाएर खान मिल्छ । साथै, यसलाई धेरै किसिमका परिकार बनाएर खान मिल्छ । आलु स्वास्थ्य र पोषणका दृष्टिकोणले समेत उपयोगी छ । यो जानकारी नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।

 

आलु पोषणको भण्डार हो । यसमा प्रशस्त मात्रामा भिटामिन र मिनरल्स पाइन्छ । 

आलु भिटामिन, खनिज र एन्टिअक्सिडेन्टको राम्रो स्रोत हो । आलुमा पाइने एन्टिअक्सिडेन्टका कारण मधुमेह, हृदय रोग, क्यान्सर र पुराना रोग बल्झिने समस्या कम हुन्छ । 

रक्तचाप, प्रतिरक्षा प्रणाली, पाचन प्रणाली लागि पनि आलु उपयोगी मानिन्छ । 

आलुमा प्रशस्त स्टार्चको मात्रा हुन्छ । जसले रगतमा इन्सुलिनको मात्रालाई नियन्त्रणगरी ब्लड सुगरको जोखिम घटाउँछ । 

नियमित आलुको सेवन गर्ने मानिसमा कब्जियत, पेट दुख्ने, ग्यास भरिने आदि समस्याको जोखिम कम हुन्छ । 

एक अध्ययनअनुसार आलु खाएर शरीरमा हर्मोनको स्तर बढाउन सकिन्छ ।  

आलु नेपाली भान्सा

विशेष