तीन वर्ष भइसक्यो पराकम्पले छाडेन, सोमबार बिहान ४.१ को झड्का
काठमाडौं । गोर्खा भूकम्पको पराकम्पन अझै पनि गइरहेको छ । सोमबार बिहान नौ बजेर एक मिनेट जाँदा ४.१ म्याग्निच्युडले काठमाडौंमा समेत तरंग उत्पन्न गर्यो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका प्राविधिक सहायक राजेश सर्माका अनुसार मकवानपुरको चितलाङलाई केन्द्रविन्दु बनाएर यो पराकम्प गएको हो ।
उनका अनुसार यो नयाँ भूकम्प होइन, गोर्खा भूकम्पकै पराकम्पन हो । पराकम्पन कहिलेसम्म गइरहन्छ, यसको कुनै निश्चितता नहुने उनले बताए ।