मुख्य समाचार

आईओएम डीन कार्यालयमा विद्यार्थीहरुद्वारा तालाबन्दी, माग पुरा नगरे कडा रुपमा प्रस्तुत हुने चेतावनी

आईओएम डीन कार्यालयमा विद्यार्थीहरुद्वारा तालाबन्दी, माग पुरा नगरे कडा रुपमा प्रस्तुत हुने चेतावनी

काठमाडौं। चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम)को डीन कार्यालयमा विद्यार्थीहरुले तालाबन्दी गरेका छन् ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीनिकट विद्यार्थीहरुसँगसँगै स्वतन्त्र विद्यार्थी युनियनले डीन कार्यालयमा तालाबन्दी गरेको हो । पोखरास्थित गण्डकी मेडिकल कलेज र किष्ट मेडिकल कलेजले विद्यार्थीहरुबाट अतिरिक्त शुल्क असुलेको हुँदा पनि विश्वविद्यालय र डीन कार्यालय मौन बसेका कारण तालाबन्दी गरेको विद्यार्थीहरुले जनाएका छन् ।

कलेज सञ्चालकहरुले विद्यार्थीलाई परीक्षाबाट बञ्चित गर्ने धम्की दिएर मुद्धा फिर्ता लिन मनोवैज्ञानिक प्रभावसमेत पारेको अखिल र अखिल (क्रान्तिकारी) र स्ववियुले आरोप लगाएको छ । परीक्षा फाराम भर्ने अन्तिम मिति यही चैत ८ गतेसम्म पनि विद्यार्थीले अन्योलताका कारण फारम भरेका छैनन् । विद्यार्थीको भविष्यसँग खेलवाड गरेर फरार गण्डकी मेडिकल कलेजका संचालक खुमाप्रसाद अर्याललाई तत्काल पक्राउ गर्न उनीहरुको माग छ ।

आफ्ना माग पुरा गर्न विद्यार्थीहरुले ७२ घण्टाको अल्टिमेटम दिएका छन् । माग पुरा नभए कडा रुपमा प्रस्तुत हुदै त्रिवि उपकुलपतिको कार्यायल र डीन कार्यालयमा डीनलाई प्रवेश निषेध गर्ने र राजीनामा माग्ने उनीहरुको चेतावनी छ ।

विशेष