रंगशालाका लागि पैसा जुटाउन ‘मातृभूमी कप’ आयोजना हुने, पारस र ज्ञानेन्द्रको टोली मैदानमा
काठमाडौं । धुर्मुस सुनत्तली फाउन्डेसनले चितवनमा निर्माण गर्न लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियमका लागि पैसा जुटाउन च्यारिटी क्रिकेट खेलाइने भएको छ ।
आगामी २३ गते त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेपाल ‘ए’ र नेपाल ‘बी’ का बीचमा ‘मातृभूमी कप’ आयोजना गर्न लागिएको आज पत्रकार सम्मेलन गरी फाउन्डेसनले जनाएको छ । पारस खड्काको नेतृत्वमा नेपाल 'ए' तथा ज्ञानेन्द्र मल्लको नेतृत्वमा नेपाल ‘बी’ एक अर्काको सामना गर्नेछ ‘मातृभूमी कप’को उपाधिका लागि । टिकेटबाट उठ्ने रकम रंगशाला निर्माणका लागि खर्च गरिनेछ ।
को-को छन् त टोलीमा ?
पारसले कप्तानी गरेको टिम नेपाल ‘ए’मा शरद भेषावकर, अनिलकुमार साह, ललितनारायण राजवंशी, सोमपाल कामी, अभिनास बोहोरा, सन्दीप जोरा, रोहित कुमार पौडेल, सुनिल धमला, कमलसिंह ऐरी, आरिफ शेख र भुवन कार्की रहेका छन् ।
नेपाल ‘बी’ कप्तान ज्ञानेन्द्र मल्लको नेतृत्वमा विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, बसन्त रेग्मी, करण केसी, ललित भण्डारी, भीम सार्की, पवन शर्राफ, विक्रम शोब, सुशन भारी, दिलिप नाथ र प्रदीप ऐरी मैदान उत्रनेछन् ।