स्वास्थ्य

मासु राम्रोसँग पकाएर खाए ‘बर्ड फ्लु’ सर्दैनः चिकित्सक

मासु राम्रोसँग पकाएर खाए ‘बर्ड फ्लु’ सर्दैनः चिकित्सक

काठमाडौं । बर्ड फ्लु कारण कुखुराको मासु खान हितकिचाउन नपर्ने चिकित्सकले बताएका छन्। राम्ररी पकाएको मासु आँदा बर्ड फ्लु भाइरसले कुनै असर नगर्ने उनीहरूको दाबी छ । स्वास्थ्य सेवा विभाग, इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा. विवेककुमार लालले मासु उपभोक्ता तुलनात्मक रुपमा सुरक्षित रहेको बताए।

 

‘काँचो मासु खानु हुँदैन्, पकाएर खानु पर्छ। पकाएर खाँदा बर्ड फ्लुको जोखिम हुँदैन,’ उनले भने।मासु उपभोग गर्नेभन्दा पशुपन्छीको स्याहारसुसार गर्ने किसान र कामदारको स्वास्थ्य जोखिममा छ। उनीहरुमा बर्ड फ्लु को संक्रमण हुने जोखिम रहेकाले सजग हुन चिकित्सकले सल्लाह दिएका छन्। यो समाचार अन्नपूर्ण पोस्ट दैनिकबाट लिइएको हो ।

चिकित्सक बर्ड फ्लु

विशेष