खेल

आइपीएल खेल्न सन्दीप दिल्ली प्रस्थान

आइपीएल खेल्न सन्दीप दिल्ली प्रस्थान

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल) खेल्नका लागि नेपाली लेग स्पिनर सन्दीप लामिछाने नयाँ दिल्ली प्रस्थान गरेका छन् । उनी आज बिहान ८ः१५ बजे आइपीएल खेल्न दिल्ली प्रस्थान गरेका हुन् । आउँदो शनिवारदेखि आइपीएलको १२औं सिजन सुरु हुँदैंछ।

 

सन्दीप आबद्ध दिल्ली क्यापिटल्सले आउँदो आइतबार लिगको पहिलो खेल मुम्बई इन्डीयन्ससंग खेल्नेछ। अघिल्लो वर्ष आइपीएलमा आबद्ध भएका सन्दीपले उत्कृष्ट प्रदर्शन गरेका थिए। अघिल्लो वर्षको प्रदर्शनका आधारमा दिल्लीले उनलाई सन् २०१९ को सिजनका लागि रिटेन गरेको थियो। आइपीएलपछि बिग ब्यास लिग, बङ्गलादेश प्रिमियर लिग, क्यारेवियन लिग, पाकिस्तान सुपर लिग लगायतमा पनि उनले सहभागिता जनाइसकेका छन् । 

 

कोको छन् दिल्ली क्यापिटल्समा?
श्रेयस अय्यर (कप्तान), ऋषभ पन्त, शिखर धवन, ट्रेन्ट बोल्ट, कोलिन इन्ग्राम, अमित मिश्रा, क्रिस मोरिस, कोलिन मुनरो, अक्षर पटेल, अर्षल पटेल, कागिसो रबाडा, सन्दीप लामिछाने, इशान्त शर्मा, पृथ्वी शा, अनुमा बिहारी, शेफरन रदरफोर्ड, जयन्त यादव, राहुल तेवटिया, नथु सिंह, केमो पल, जलाज सक्सेना, मन्जोट कल्रा, अंकुश बानिस, बन्दारु आयाप्पा र अवेश खान

इन्डियन प्रिमियर लिग

विशेष