एक लाख नगदसहित कप्तान खड्कालाई सम्मान

काठमाडौं । नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्का एक लाख रुपैयाँसहित सम्मानित भएका छन् । खड्कालाई मंगलबार काठमाडौं युथ कन्क्लेभ २०१९ मा सम्मान गरिएको हो। यससँगै पारसलाई युथ आइकन २०१९ पनि घोषणा गरिएको छ।
क्रिकेटलगायत अन्य क्षेत्रबाट नेपाली युवालाई नेपालमै केही गर्न सकिन्छ भन्ने पे्ररित गर्दै युवा क्षेत्रमा योगदान पुर्याएवापत सम्मान गरिएको आयोजकले बताएका छन् । सम्मानपछि बोल्दै कप्तान पारसले खेल र देशप्रति इमान्दार भएकाले आफूहरु क्रिकेटमा सफल भएको बताए।
‘हामी नेपाली क्रिकेट टोली सफल भयौँ किनकी हामी आफ्नो खेल र देशप्रति इमान्दार छौँ’, कप्तान खड्काले भने, ‘पारस खड्काले गर्दा क्रिकेट यहाँ पुगेको होइन। यसमा सबै टिमका साथीहरू, कोच र हामीलाई जस्तोसुकै परिस्थितिमा सहयोग गर्नुहुने फ्यानहरूको हात छ। म उहाँहरूको प्रतिनिधि मात्र हुँ।’
कप्तान पारस खड्का