मनोरञ्जन

‘म एकदम खराब पत्नी हुँ, किनभने मलाई खाना बनाउन आउँदैन’ — प्रियंका चोपडा

‘म एकदम खराब पत्नी हुँ, किनभने मलाई खाना बनाउन आउँदैन’ — प्रियंका चोपडा

एजेन्सी । बलिउड तथा हलिउड अभिनेत्री प्रियंंका चोपडाले अमेरिकाको एक च्याट शोमा आफ्ना केही व्यक्तिगत कुराहरूको खुुलासा गरेकी छन् । उनले खाना बनाउन नआउने कारण आफू निकै खराब श्रीमती भएको बताएकी हुन् । 

 

प्रियंकाका अनुसार उनका पति निक जोनस एक दक्षिण अमेरिकी परिवारका हुन् जहाँ घरका सबै महिलालाई राम्ररी खाना बनाउन आउँछ । निककी आमा आफैं पनि धेरै राम्रो ‘कुक’ हुन् । तर प्रियंकालाई भने केवल अन्डा र टोस्ट बनाउन आउँछ । 

 

उक्त शोमा प्रियंकाले निक जोनससँगको प्रेम, विवाह र भर्खरै रिलिज भएको एल्बम ‘सकर’ मा काम गर्दाको अनुभवबारे चर्चा गरेकी थिइन् । प्रियंकाले भनिन्, ‘जब मैले निकलाई आफूूलाई खाना राम्ररी बनाउन नआउने भनेर भनें । तब निकले भने, — केही हुँदैन बेबी, मलाई पनि खाना बनाउन आउँदैन ।’
प्रियंका चाँडै नै आफ्नो यूट्यूब च्यानल लिएर आउँदै छिन् । शोको नाम हो, ‘इफ आइ कुड टेल यू जस्ट वान’ । २७ मार्चमा यस शोबारे थप जानकारी खुुलाइनेछ । 
 

प्रियंका चोपडा

विशेष