खेल

आइपीएलः दिल्लीलाई उपाधि दिलाउन सक्ने प्रमुख ५ हतियार को–को?

आइपीएलः दिल्लीलाई उपाधि दिलाउन सक्ने प्रमुख ५ हतियार को–को?

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल) को १२औं सिजन शुरु हुन अब केही दिन मात्र बाँकी छ । यो सिजनको पहिलो भिडन्त (२३ मार्च) गत वर्षको विजेता चेन्नई सुपर किंग्स र रोयल च्यालेन्जर्स ब्यंग्लोरबीच हुँदैछ । आइपीएलको ११औं सिजनसम्म आइपुग्दा नेपाली क्रिकेटर सन्दीप लामिछाने आवद्ध दिल्ली क्यापिटल्स (साविक दिल्ली डेयरडेविल्स) को प्रदर्शन खासै सन्तोषजनक रहन सकेको छैन ।

 

यो सिजनदेखि नाम र जर्सी परिर्वतन गरेर दिल्ली २४ मार्चमा मुम्बई इन्डियन्सविरुद्ध मैदान उत्रिदै छ । हालसम्म आइपीएलको फाइनल पुग्न नसकेको दिल्लीमा यो पटक को छन् उपाधि दिलाउन सक्ने भरोसा बोकेका ५ खेलाडी?  यो सूची भारतीय सञ्चारमाध्यमले सार्वजनिक गरेका हुन् । सञ्चारमाध्यमका अनुसार दिल्लीलाई फाइनलसम्म पुर्याउन अहम् भूमिका खेल्ने ५ खेलाडी यस्ता छन्–


शिखर धवनः यो पटक दिल्लीको टिममा शिखर पनि जोडिएका छन् । यसले गर्दा ओपनिङ राम्रो हुने अनुमान गरिएको छ । धवनले गत सिजनमा सनराइजर्स हैदराबादबाट खेलेका थिए । उनले ११औं सिजनमा १६ खेलमा ४९७ रन बनाएका थिए । यसक्रममा धवनको स्ट्राइक रेट १२३.५३ रहेको थियो । 

 

श्रेयस अय्यरः गौतम गम्भीरले कप्तानबाट राजीनामा दिएपछि गत वर्षको बाँकी खेलमा श्रेयसले टिमको नेतृत्व सम्हालेका थिए । उनी यो पटक पनि टोलीका कप्तान हुन् । श्रेयसले आइपीएलमा ४६ म्याच खेलेका छन् । जसमा उनले १२१८ रन प्रहार गरेका छन् । आइपीएलमा श्रेयसको उच्च स्कोर ९६ हो । गत वर्ष उनले १४ म्याचमा ४११ रन बनाएका थिए । जसमा श्रेयसले ४ अर्धशतकसमेत प्रहार गरे । 

 

ऋषभ पन्तः किवेटकीपर एवं ब्याट्सम्यान ऋषभको गत वर्षको आइपीएल सिजन शानदार रह्यो । उनले ११औं सिजनमा १४ म्याचमा ६८४ रन प्रहार गर्न सफल भए । ऋषभले गत सिजनमा नटआउट १२८ रन बनाएका थिए । आइपीएलमा उनको उच्च स्कोर नै १२८ हो । हालसम्म उनले आइपीएलमा ३८ म्याच खेलेका छन् । जसमा १६२.७१ को स्ट्राइक रेटमा १२४८ रन बनाएका छन् ।  


पृथ्वी शाः युवा ब्याट्सम्यान पृथ्वी पनि दिल्लीलाई उपाधि दिलाउनमा अहम् भूमिका निर्वाह गर्न सक्छन् । गत सिजनमा उनले ९ खेलमा मात्र मौका पाए । जसमा पृथ्वीले १५३.१२ को स्ट्राइक रेटका साथ २४५ रन बनाएका थिए ।  


ट्रेन्ट वोल्टः न्यूजिल्याण्डका तीव्र गतिका बलर वोल्टले गत सिजनमा शानदार प्रदर्शन गरेका थिए । १४ म्याचमा उनले १८ विकेट लिन सफल भए । वोल्टले अहिलेसम्म आइपीएलमा २४ म्याच खेलेका छन् । जसमा ३३ विकेट हासिल गरेका छन् । दील्लीको जितमा उनको भूमिका यो पटक पनि अहम् छ । 


सन्दीप आवद्ध दिल्लीको पूरा टिमः श्रेयस अय्यर (कप्तान), ऋषभ पन्त, शिखर धवन, ट्रेन्ट बोल्ट, कोलिन इन्ग्राम, अमित मिश्रा, क्रिस मोरिस, कोलिन मुनरो, अक्षर पटेल, अर्षल पटेल, कागिसो रबाडा, सन्दीप लामिछाने, इशान्त शर्मा, पृथ्वी शा, अनुमा बिहारी, शेफरन रदरफोर्ड, जयन्त यादव, राहुल तेवटिया, नथु सिंह, केमो पल, जलाज सक्सेना, मन्जोट कल्रा, अंकुश बानिस, बन्दारु आयाप्पा र अवेश खान

इन्डियन प्रिमियर लिग दिल्ली क्यापिटल्स सन्दीप लामिछाने

विशेष