स्वास्थ्य

बच्चालाई पर्याप्त दूधको लागि आमाले कस्ता खानेकुरा खाने?

बच्चालाई पर्याप्त दूधको लागि आमाले कस्ता खानेकुरा खाने?

काठमाडौं । बच्चालाई स्वस्थ र तन्तुरुस्त पार्ने सबैभन्दा उत्तम आहार आमाको दूध हो । स्तनपानले सुत्केरी आमा र बच्चा दुबैको स्वास्थ्यका लागि सकारात्मक भूमिका खेल्छ । बच्चा जन्मेको ६ महिनासम्म आमाको दूध मात्र खुवाउनुपर्छ । त्यसपश्चात दूधसँगै अन्य ठोस खानेकुरा पनि खुवाउन सकिन्छ । प्रायः सुत्केरी भएको दुई तीन दिनसम्म दूध नआउन सक्छ। बिस्तारै बच्चाले चुस्न थालेपछि आमाको दूध पनि बढ्दै जान्छ।

 

कतिपयमा आमाको दूध बच्चाका लागि पर्याप्त हुँदैन भन्ने धारणा पाइन्छ, यो गलत हो । बच्चालाई समय समयमा दूध चुसाइरहने हो भने आमाको दूध बच्चालाई पर्याप्त हुन्छ । यदि बच्चाले १५ मिनेट जति तगातार दूध चुस्छ र एक डेढ घन्टासम्म सुत्छ वा खेल्छ भने बच्चालाई पर्याप्त दूध पुगेको मानिन्छ। यसका लागि आमा स्वस्थ हुन आवश्यक छ । सुत्केरी आमाका लागि झोलिलो खानेकुरा एकदमै आवश्यक हुन्छ । जसका लागि ज्वानोको झोल, विभिन्न सुप, दूध, नीमको रस, गेडागुडीको झोल आदि नियमित खानुपर्छ । माछामासु, सागपात, फलफूलजन्य खानेकुराले पनि दूध वढाउँछ । यो जानकारी नयाँ पत्रिका दैनिकबाट लिइएको हो । 

स्तनपान आमाको दूध

विशेष