मैत्रपूर्ण खेलमा नेपाल र कुवेत भिड्दै
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले आज कुवेतसँग पहिलो मैत्रिपूर्ण खेल खेल्दै छ । खेल कुवेतको अमादी स्थित अलसबाब मैदानमा नेपाली समयअनुसार साँझ ९.३० बजेबाट शुरु हुनेछ । नेपाल पहिलो पटक युरोपियन प्रशिक्षक योहान कालिनको प्रशिक्षणमा मैदान उत्रिन लागेको हो ।
दुई खेलका लागि कुवेत पुगेको नेपालले २५ मार्चमा दोस्रो खेल खेल्ने छ । कुवेत १९८२ को विश्वकपमा समेत छानिसकेको टिम हो । साथै एसियाकप उपाधि विजेताको छवि बनाएपनि कुवेती फुटबल पछिल्लो समय निरन्तर अस्थिरताका कारण धरासायी बन्दै गएको छ ।
नेपाली फुटबल टिमका प्रशिक्षक योहान कालिनले कुवेतलाई हराउन सम्पूर्ण शक्ति लगाउने बताए। उनले यू–२३ प्रतियोगिताका कारण केहि स्टार फुटबलर टिममा नहुने भन्दै त्यसको अभाव हुन नदिने प्रयास गर्ने जानकारी दिए । त्यस्तै कुवेतका प्रशिक्षक रोमियो जोजाकले अभ्यास गर्न टिमले लामो समय नपाएको भन्दै छोटै तयारीमा सफलता प्राप्त गर्ने विश्वास ब्यक्त गरे।
नेपाली राष्ट्रिय फुटबल टोली नेपाल भर्सेस कुवेत मैत्रिपूर्ण खेल