महिला साफ च्याम्पिनसिप फाइनलको पहिलो हाफसम्म नेपाल र भारत बराबरीमा
विराटनगर। पाँचौ महिला साफ फुटबल च्याम्पियनिसपको फाइनलमा आयोजक नेपाल र भारतबीच प्रतस्पर्धा जारी छ ।
विराटनगरमा जारी प्रतियोगिताको फाइनल खेलको पहिलो हाफ सकिदाँसम्म १-१ को बराबरीमा रहेको छ । फाइनल खेलको पहिलो हाफसम्मको खेल सकिदा सुरु देखिनै आक्रामक फुटबल खेलेको नेपालले सुरुमा १-० ले पछि परेको थियो । २६ औं मिनेटमा नेपालकी हिरा कुमारी भुजलेले फल गरे पछि पाएको फ्रि कीकलाई भारतकी डालिमा चिपरले उत्कृष्ट गोल गरेकी थिइन् ।६ मिनेट पछि नेपालकी सावित्रा भण्डारीले ३२ औं मिनेटमा हेडर गोल गरेपछि नेपाल खेलमा फर्किएको थियो ।
समुह चरणको कुनै पनि खेल नहारी फाइद्दल पुगेका दुवै टोली उपाधि उचाल्ने दाउँमा छ । अघिल्ला चारवटै संस्करण जितेको भारत लगातार पाँचौ उपाधि जित्ने कसरतमा छ भने नेपाल तीन पटक फाइनलमा बेहोरेको हारको बदला लिदैँ पहिलो पटक उपाधि उचाल्ने लक्ष्यका साथ मैदानमा उत्रेको हो ।