उपाधि जित्ने नेपालको सपना अधुरो, भारतले फाइनलमा चौथो पटक हरायो
विराटनगर। भारतले लगातार पाँचौ पटक साफ महिला फुटबल च्याम्पियनिसपको उपाधि उचालेको छ ।
यसअघिका ४ वटै उपाधी उचालेको भारतले पाँचौँ संस्करणको फाइनलमा नेपाललाई ३-१ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो ।
विराटनगरमा भएको प्रतियोगिताको फाइनल खेलको पहिलो हाफमा खेल १-१ को बराबरीमा रहेको थियो । २६ औं मिनेटमा नेपालकी हिरा कुमारी भुजलेले फल गरे पछि पाएको फ्रि कीकलाई भारतकी डालिमा चिपरले उत्कृष्ट गोल गरेकी थिइन् । ६ मिनेट पछि नेपालकी सावित्रा भण्डारीले ३२ औं मिनेटमा हेडर गोल गरेपछि नेपाल खेलमा फर्किएको थियो ।
दोस्रो हाफमा भारतले २ गोल थप्दा नेपालले भने कुनै गोल फर्काउन सकेन् । खेलमा ६२औं मिनेटमा डाङ्गमेइ ग्रेस र ७८ औं मिनेटमा अञ्जु तामाङले १/१ गोल थप्दै भारतलाई ३-१ को स्थितिमा पुर्याएको थियो । जुन खेलको अन्तिम नतिजा रह्यो ।