देश

स्विटजरल्याण्डद्वारा नेपाललाई करीब पन्ध्र अर्ब सहयोगको घोषणा

स्विटजरल्याण्डद्वारा नेपाललाई करीब पन्ध्र अर्ब सहयोगको घोषणा

काठमाडौं। स्विटजरल्याण्ड सरकारले नेपालको सामाजिक–आर्थिक विकासमा सघाउन १४ अर्ब ७० करोड नेपाली रकम उपलब्ध गराउने घोषणा गरेको छ ।

 

समावेशी सङ्घीय राज्य निर्माण, रोजगारी तथा आय प्रवद्र्धन, सुरक्षित आप्रवासन, लैङ्गिक समानता, सामाजिक समावेशिता, विपद् जोखिम घटाउनेलगायत कार्यक्रम कार्यान्वयन गर्न उक्त रकम प्रदान गर्ने घोषणा भएको हो ।

 

स्विस विकास सहयोग नियोग (एसडिसी) ले नेपालको विकास प्रयासमा साझेदारी गरेको ६०औँ वर्ष प्रवेशका सन्दर्भमा नेपालको औपचारिक भ्रमणमा रहेका एसडिसीका महानिर्देशक म्यानुएल सागरले आज ललितपुरमा सञ्चारकर्मीमाझ सन् २०१८–२०२१ का निम्ति उक्त रकम नेपाललाई उपलब्ध गराइने बताए ।

 

पाँच दिवसीय नेपाल बसाइका क्रममा आफूले स्विस सहयोगमा रामेछापमा सञ्चालित विकासका परियोजनाबारे जानकारी लिएको तथा अर्थमन्त्री, परराष्ट्र सचिव, नेपालको विकासका साझेदारलगायत नेपाल सरकारका वरिष्ठ अधिकारीलाई भेटेर शान्ति, स्थायित्व, मानवअधिकार प्रवद्र्धनका क्षेत्रमा स्विटजरल्याण्डले नेपालसँग साझेदारी गरिरहने जानकारी उनले दिए ।

विशेष