देश

भारतीय सहयोगमा निर्मित सिद्धेश्वर क्याम्पसको नयाँ भवन संचालनमा

भारतीय सहयोगमा निर्मित सिद्धेश्वर क्याम्पसको नयाँ भवन संचालनमा

रामेछाप। रामेछाप जिल्लाको बाम्ती भण्डार स्थित सिद्धेश्वर शिक्षा सामुदायिक क्याम्पसको नवनिर्मित भवन संचालनमा आएको छ ।

विहिवार जिल्ला समन्वय समिति तथा क्याम्पस व्यवस्थापन समितिद्वारा संयुक्त रुपमा आयोजित एक कार्यक्रममा उक्त भवनको औपचारिक उद्घाटन गरिएको हो । भारत सरकारको ३करोड ५५ लाख अनुदान सहयोगमा बनाइएको उक्त तीनतल्ले भवनमा १२ वटा कक्षाकोठा रहेका छन् । भवनमा संकाय, प्रधानाध्यापक, पुस्तकालय, बैठक, लेखा शाखा, प्रयोगशाला, भण्डारणका लागि १/१ कोठा तथा प्रत्येक तलामा छात्र छात्राका लागि शौचालय निर्माण गरिएको हो ।

 

सन् १९६३ मा स्थापित तथा त्रिभुवन विश्वविद्यालयसँग सम्बद्घ सिद्धेश्वर शिक्षा सामुदायिक क्याम्पसमा हाल १ हजार विद्यार्थीहरु अध्ययनरत छन् । सन् २००६ देखि यस क्याम्पसले स्नातक तहका कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । नवनिर्मित संरचनाले विद्यार्थीहरुको सिकाई वातावरणलाई अभिवृद्घि गर्ने मात्र नभई रामेछाप तथा यस जिल्लासँग जोडिएका अन्य क्षेत्रका गरिब तथा सीमान्तकृत विद्यार्थीहरुको शिक्षामा पहुँच समेत बढाएको छ ।

विशेष