प्रवास

नेपाल र जापानबीच सोमबार श्रम साझेदारी हुँदै

नेपाल र जापानबीच सोमबार श्रम साझेदारी हुँदै

काठमाडौं । नेपाल र जापानबीच कामदार लिने विषयमा आगामी सोमबार श्रम साझेदारी  हुँदैछ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले दुई देशबीच हुने समझदारीका सबै प्रक्रिया पूरा भइसकेको बताएका छन् । मन्त्री विष्टले भने, ‘सबै प्रक्रिया टुंगिसकेको छ अब दुई देशका अधिकारीबीच हस्ताक्षर गर्न मात्र बाँकी छ।’

 

जापानले विदेशी कामदारको अभाव टार्न आगामी ५ वर्षमा झण्डै ३ लाख ४५ हजार विदेशी कामदार भित्र्याउने योजना बनाएको छ । दुबै देशका अधिकारीले नेपाली कमदारलाई छुट्याएको कोटा जानकारी नदिएपनि झण्डै ४० हजार नेपालीले रोजगार पाउनु आशा गरिएको छ । जापानले नेपालसहित चीन, भियतनाम, इण्डोनेसिया, फिलिपिन्स, कम्बोडिया, थाइल्याण्ड, म्यानमार र मंगोलियाबाट कामदार लिने बताएको छ । १४ आटा औद्योगिक क्षेत्रमा कामदार राख्न सकिने जापानको भनाइ छ।   

 

सरकारले नेपाल र जापान सरकारबीच ‘मेमोरेन्डम अफ को–अपरेसन’मा हस्ताक्षर गर्नका निम्ति श्रम, रोजगार तथा सामाजिक सुरक्षा मनत्रालयलका सचिव महेशप्रसाद दाहाललाई अख्तियार प्रदान गर्ने निर्णय गरेको छ ।  गत पुस २५ गते नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र जापानी विदेशमन्त्री तारो कोनोबीच भएको वार्तामा सहमतिपत्रमा हस्ताक्षर गर्ने सहमति भएको थियो । यो समाचार नागरिक दैनिकबाट लिइएको हो ।

गोकर्ण विष्ट नेपाल-जापान

विशेष