खेल

खेलका शीर्ष ५ धनाढ्यमा मुकेश अम्बानी पहिलो स्थानमा

खेलका शीर्ष ५ धनाढ्यमा मुकेश अम्बानी पहिलो स्थानमा

काठमाडौं । मार्चको पहिलो साता विश्वप्रसिद्ध अमेरिकी म्यागाजिन फोब्र्सले संसारभरका खेल टिमहरुका सर्वाधिक धनाढ्य मालिकहरुको सूची जारी गरेको थियो । जसमध्ये यसवर्ष भारतीय धनाढ्य व्यवसायी मुकेश अम्बानी उक्त सूचीको शीर्ष स्थानमा रहेको छ । मुकेश इन्डियन प्रिमियर लिग (आईपीएल) को अहिलेसम्मका सर्वाधिक विजेता मुम्बई इन्डियन्स टिमका मालिक हुन् । ग्यास र तेल प्रशोधन तथा टेलिकम ब्यवसायमा साम्राज्य खडा गरेका अम्बानी अहिले खेलजगत्मा पनि छाएका छन् । फोब्र्सले हालै प्रकाशित कुल २० जना खेल टिमका सर्वाधिक धनाढ्यको नाम सार्वजनिक गरेको थियो । सूचीमा एनबीए टिम लस एन्जेल्स क्लिपर्सका मालिक स्टीभ बालमर दोस्रो र अटो रेसिंग टिम रेडबुल फर्मूला वानका मालिक डिएट्रिच माटेशिट्ज तेस्रो स्थानमा छन् ।

 

यी बाहेक आइस हकी टिमका सन जोस शार्कका मालिक हासो प्लेटनर एन्ड फेमिली, चेल्सी फुटबल क्लबका मालिक रोमन अब्रामोभिच र केरोलिना प्यान्थर्स टिमका मालिक डेभिड टेपेर पनि सूचीकृत छन् । सूची अनुसार गत वर्षको तुलनामा यसपटक १३ टिमका मालिकहरुको सम्पत्ति वृद्धि भएको छ । यस्तै पांच जनाको सम्पत्तिमा ह्रास आउँदा दुई टिमको सम्पत्ति भने स्थिर नै रहेको छ । ५.७६ लाख करोड नेपाली रुपैया बराबरको सम्पत्ति भएका अम्बानीले सन् २००८ मा मुम्बई इन्डियन्स टिम खरीद गरेका हुन् ।

 

इन्डियन सुपर लिगको वर्ष २०१८ मा सम्पन्न ११औं सिजनमा खेलेको म्याचहरु मध्ये आधा जसोमा मुम्बई इन्डियन्सले हारको सामना गरेको थियो । आईपीएलको उपाधि तीन पटक उचालेर सर्वाधिक सफल टोलीको छवि बनाएका मुम्बई इन्डियन्सका लागि गत सिजन ज्यादै खराब बितेको थियो । एकातिर टिमले खराब प्रदर्शनको सामना गर्नु परे पनि अर्कोतिर भने आम्दानीमा मुम्बई इन्डियन्सले फड्को मारेको छ ।

 

विश्वकै १३औं धनाढ्य ब्यक्ति अम्बानी मालिक रहेको मुम्बई इन्डियन्सले पछिल्ला १२ महिनाको अन्तरमा नेट वर्थमा १० बिलियन अमेरिकी डलर वृद्धि गर्दै कुल नेट वर्थ ५० बिलियन अमेरिकी डलर पुर्याएको छ । विगत दुई वर्षको तुलनामा यो दोब्बर भन्दा अधिक वृद्धि हो । फोब्र्सका अनुसार खेल टिममा विश्वभरका ५८ जना अर्बपतिहरुको लगानी रहेको जनाएको छ । शेयर र साझेदारीको आधारमा करीब ७० खेल टिमहरुमा उनीहरुको लगानी रहेको छ । जसको कुल लगानी करीब ३ सय ५९ बिलियन अमेरिकी डलर बराबर रहेको छ । लस एन्जेल्स क्लिपर्सका मालिक स्टिभ बालमर यस सूचीको दोस्रो स्थानमा रहे पनि अमेरिकाभरिका खेल टिमको सर्वाधिक धनाढ्य मालिकको सूचीमा भने शीर्ष स्थानमा छन् । यस वर्ष उनको टोलीको नेट वर्थ ७ प्रतिशतले वृद्धि भएको छ । जसअनुसार लस एन्जेल्स क्लिपर्स कुल नेट वर्थ ४१.२ बिलियन डलर पुगेको छ ।

 

रेडबुलका अर्बपति डाईटरिच मेटेश्चिज खेल टोलीको धनाढ्य मालिक सूचीको तेस्रो स्थानमा छन् । यस वर्ष उनको टोली अटो रेसिंगको कुल नेट वर्थ १८.९ बिलियन डलर बराबर रहेको छ । सन् १९८७ मा उनी सहित अन्यको केही ब्यक्तिको साझेदारीमा स्थापना गरिएको रेडबुल कम्पनीले गत वर्ष ६.८ बिलियन क्यान बिक्री गरेको उल्लेख छ ।  गत वर्षको तुलनामा यस वर्ष नेट वर्थमा ह्रास हुने खेल टोलीको मालिकमा पाउल एलन, रिचर्ड डेभोस र टम बेन्सन छन् । लामो समयदेखि खेल टोलीमा लगानी गर्दै आएका यी तीनै जना अर्बपतिहरु पछिल्लो १२ महिनाको अन्तरालमा संसारबाट विदा भएका हुन् । यी तीन जनाको लगानी एनबीए (बास्केटबल) र अमेरिन फुटबल (एनएफएल) का गरी कुल ५ क्लबमा रहेको छ । यो समाचार नेपाल समाचारपत्र दैनिकबाट लिइएको हो ।

 

इन्डियन प्रिमियर लिग मुकेश अम्बानी

विशेष