खेल

शिखरले भने, ‘सन्दीप नेपाली युवाको प्रेरणा हुन्’ 

शिखरले भने, ‘सन्दीप नेपाली युवाको प्रेरणा हुन्’ 

काठमाडौं । भारतीय क्रिकेट टिमका ओपनर शिखर धवनले नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेको प्रशंसा गरेका छन् । इन्डियन प्रिमियर लिग (आइपीएल) मा दिल्ली क्यापिटल्समा आवद्ध धवनले सन्दीपको खेलको प्रशंसा गर्दै यस्तो भनेका छन्– 

सन्दीपलाई मैले अष्ट्रेलियामा पनि भेटेको थिएँ । नेपालको एक युवा खेलाडीले विश्वका सबैजसो ठूलो प्रतियोगितामा खेल्न पाउनु ठूलो हो । मलाई थाह छ, नेपालमा उनी सबै युवाको प्रेरणा बन्ने छन् । उनले आफ्नो पुस्ताका लागि मात्र होइन, आउने पुस्ताका लागि पनि ठूलो आशा जगाएका छन् । त्यो ठूलै सकारात्मक पाटो हो । त्यो सुन्दा मलाई पनि निकै खुसी लागेको छ । उनको खेलको कुरा गर्ने हो भने उनी दिन प्रतिदिन तिखारिँदै गएका छन् । उनमा धेरै क्षमता छ ।

 

बिग ब्यास लिगमा पनि सन्दीपले निकै राम्रो प्रदर्शन गरेका थिए । दिल्लीका लागि पनि उनले उत्कृष्ट खेल दिनेछन् भन्नेमा मलाई विश्वास छ । अभ्यास म्याचमा पनि उनले निकै राम्रो बलिङ गरे । समयक्रममा उनको खेल बढी माझिँदै जानेछ भन्नेमा म ढुक्क छु । यो सामाचार कान्तिपुर दैनिकबाट लिइएको हो । 

सन्दीप लामिछाने शिखर धवन इन्डियन प्रिमियर लिग

विशेष