खेल

भारत विरुद्धको दोस्रो अभ्यास खेलमा नेपाल बलिङ गर्दै

भारत विरुद्धको दोस्रो अभ्यास खेलमा नेपाल बलिङ गर्दै

काठमाडौं । आउँदो यू–१९ विश्वकप क्रिकेटको एसियाली छनोटको तयारीका लागि भारतमा रहेको नेपाली टोलीले दोस्रो खेलमा आज आन्ध्र प्रदेश क्रिकेट टिमसँग खेलिरहेको छ । पहिला ब्याटिङ गर्दै आन्ध्र प्रदेशले यो समाचार तयार पार्दासम्म १७ ओभरमा २ विकेट गुमाउँदै ९६ रन बनाएको छ । पहिलो खेलमा नेपालले आन्ध्र प्रदेश क्रिकेट टोलीलाई ६२ रनले पराजित गरेको थियो ।  त्यस खेलमा नेपालका लागि कप्तान रोहितकुमार पौडेलले ८१, सन्दीप जोराले ६९, कमलसिंह ऐरीले २५ बलमा ४४ रन प्रहार गरे । उनले ४८औं ओभरमा ५ बलमा ५ छक्का प्रहार गरे । यस्तै, कुशल मल्लले १७ रन जोड्दा अन्य खेलाडीले भने दोहोरो अंकसमेत बटुल्न सकेनन् ।

 

बलिङमा भारतका लागि पी तेजसवाईले एक्लैले ४ विकेट लिए । नेपालले दिएको २७७ रनको लक्ष्य पछ्याएको आन्द्र प्रदेशले ४५.१ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै २१४ रन मात्र बनाउन सकेको थियो । भारतका हर्षभर्धनले ४६, हेमन्थ रेडीले ३८, पी तेजसवाईले ४३ रनको योगदान दिए । बलिङमा नेपालका कुशल मल्लले ४, कमलसिंह ऐरीले ३, पवन श्राफले २ र सागर ढकालले १ विकेट लिन सफल भएका थिए । भारतको आन्ध्र प्रदेश क्रिकेट टिमसँग हुने ४ अभ्यास खेलका लागि नेपाली टोली केही दिनअघि त्यसतर्फ प्रस्थान गरेको थियो ।

अभ्यास खेल भारत भर्सेस नेपाल

विशेष