खेल

साफ महिला फुटबलको उपाधि भिडन्त : नेपाललाई घरेलु मैदानमा इतिहास रच्ने अवसर

साफ महिला फुटबलको उपाधि भिडन्त : नेपाललाई घरेलु मैदानमा इतिहास रच्ने अवसर

विराटनगर : पाँचौँ साफ महिला फुटबल प्रतियोगिताको शुक्रबार हुने फाइनल खेल नेपाल र भारतका दुवै टोलीले जित्ने दाबी गरेका छन् । साफ महिला फुटबलको फाइनलको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा नेपाल र भारतका फुटबल टोलीले उपाधि आआफ्नो टोलीले जित्ने बताएका छन् ।

 

समूह ‘ए’ को विजेता नेपाल सेमिफाइनलमा श्रीलंका र समूह ‘बी’ को विजेता भारत बंगलादेशलाई पराजित गर्दै फाइनल प्रवेश गरेको हो । घरेलु मैदानमा खेल आयोजना भएकाले प्रतियोगिताको उपाधि जित्ने नेपाली टोलीका प्रशिक्षक हरि खड्काले बताए । नेपाली महिला फुटबल टिमकी कप्तान निरु थापाले प्रशिक्षणबाट नेपाली टोली खारिएकाले उपाधि उचाल्ने दाबी गरिन् ।

 

भारतीय प्रशिक्षक मयेमल रक्कीले नेपाल बलियो टिम भएकाले सोहीअनुरुप रणनीति तयार गर्ने बताए । उनले नयाँ स्थान र परिवेश रहे पनि प्रतियोगिताको विजेता भारत हुने दाबी गरे । भारतीय टोलीका कप्तान आशालता देवीले नेपाल उत्कृष्ट खेलाडीको समूह भए पनि बिनातनाव प्रतियोगितामा आफ्नो खेलाडीले प्रतिस्पर्धा गर्ने बताइन् ।

 

यद्यपि नेपाललाई घरेलु मैदानमा इतिहास रच्ने मौका मिलेको छ। चार पटक साफ च्याम्पियानशिपको विजेता भारत उच्च मनोबलका साथ मैदानमा उत्रिँदा घरेलु मैदानमा नेपाली टोलीलाई नेपालीको पूर्ण साथ हुनेछ। भारत पाँच पटकको उपाधि उच्चाल्ने लक्ष्यमा रहेको भारतलाई स्तब्ध पार्दै नेपालले इतिहास रच्चने दाउमा छ। समूह चरणको खेलमा नेपालले बंगलादेश, भूटान र श्रीलंकालाई पराजित गरेको थियो ।

साफ च्याम्पियनसिप

विशेष