विचार

हिजोको कत्लेआममा विप्लवहरुकै भर, आज उनकै डर 

पूर्ण ओली

हिजोको कत्लेआममा विप्लवहरुकै भर, आज उनकै डर 

२०५२ सालमा नेकपा माओवादीले थालेको जनयुद्धको नक्कल नेत्रविक्रम चन्द ‘विप्लव’ले गरेको  प्रचण्डले बताइरहेका छन् । साथै प्रचण्डलाई मार्ने योजनामा विप्लव रहेको आरोपसमेत प्रचण्डले लगाउंँदै आफूले लिएका सरकारी सुरक्षा आफ्नोसाथमा तैनाथ राख्न पुष्पकमल दाहाल सफल भइरहेका छन् । सायद उनको जस्तो सुरक्षा गार्ड संसारका कुनै पनि नेता (जो सरकार प्रमुखमा छैनन् ) ले लिएका छैनन् । यदि उनी जनप्रिय नेता भइदिएको भए सायद यसरी डराएर होहल्ला गर्नुपर्ने र सरकारी सुरक्षा निकायको यस्तो दुरुपयोग गर्नुपर्ने थिएन होला ।

 

२००७ सालमा नेपाली काँग्रेसले राणा शासनविरुद्ध हतियार उठाएर क्रान्ति गरेको थियो । २०२९ सालमा झापा आन्दोलनमा तत्कालीन मालेले पनि व्यक्ति हत्याबाट आफ्नो क्रान्ति अघि बढाएकोमा केही समयपछि तत्कालीन सरकारले यसलाई निस्तेज पारेको थियो । २०५२ सालमा तत्कालीन माओबादीले पनि जनआन्दोलनको नाममा धेरै सर्र्वसाधरणको हत्या भएपछि तत्कालीन सरकारबाट बाहिर रहेका दलहरुको सहयोगमा दिल्लीमा १२
बुँदे सम्झौताबाट सबै दल संसदीय व्यवस्थामा आएर लोकतान्त्रिक शासन पद्धतिमा समाहित भएका थिए । त्यसपछि राजा हटाएर गणतन्त्र स्थापना गर्दै देश संघीयतामा गइसक्यो । भइरहेको हिन्दु राष्ट्रलाई हटाएर धर्म निरपेक्ष राखियो । 

 

देशमा लोकतन्त्र आएर नयाँ निर्वाचनबाट आएको नेकपाको सरकार देशमा आएको १ वर्ष पश्चात जनताले आफूले केही पनि नपाएको महशुस गरिरहँंदा जनता निरास हुन थालेका छन् । सरकारका ठूला योजना र कुराले जनता प्रत्यक्ष लाभान्वित हुन नसकेको फाइदा अहिले नेकपा ( विप्लव ) समूह र राजावादी समूहले लिएको देखिन्छ । कमल थापा नेतृत्वको राप्रपाले हिन्दुराष्ट्र र संवैधानिक राजतन्त्रको लागि शान्तिपूर्ण आमसभा र आन्दोलन शुरु गरेको छ । विप्लव समूहले चन्दा आतंक र विष्फोटन गरी जनतामा आतंक सिर्जना गरेको छ । यसैको फलस्वरुप सरकारले विप्लव समूहलाई अहिले प्रतिबन्ध लगाएको घोषणास्वरुप धेरै नेता तथा कार्यकर्ता पक्राउ गरिसकेको छ । 

 

अब कुनै पनि दलले जनतालाई तर्साएर जबर्जस्ती चन्दा उठाएर ठूलो दल हुने सोच त्याग्नैपर्छ । चीनका माओ त्सेतुुङग, भियतनामका होचिमिन्ह, क्युवाका फिडेल क्यास्ट्रोजस्तो सच्चा कम्युनिष्ट हुन नसक्ने दल तथा नेताहरुले जनताबाट समर्थन पाउन सक्दैनन् । पाए पनि त्यो डरको कारणले क्षणिकमात्र हुनेछ । नेत्रविक्रम चन्दले केहि समय अघिमात्र मूलधारको राजनीति गर्छु भनि सरकारसंँग सम्झौता गरेका सिके राउतलाई हेरेमात्र पुुग्छ ।

 


 देश टुक्राउने भनि संगठन र आन्दोलन गरी जघन्य अपराध गर्ने व्यक्तिलाई पनि संविधानभित्र रहेर काम गर्छु भन्दा सरकारले सहयोग गर्नसक्छ भने नेकपा विप्लव जो आफूलाई सच्चा कम्युनिष्ट र राष्ट्रवादी दल हुँं भन्नेले संविधान भित्र रहेर शान्तिपूर्ण आन्दोलन गर्न के ले छेक्छ ? जनता भ्रष्टाचारबाट आक्रान्त छन् । भ्रष्ट व्यक्तिहरुको समजमा बाहुल्यता अत्यन्तै बढेको छ, कमिसनखोर र तस्करीले सबै तहलाई नियन्त्रणमा राखेका छन् । यसमा सरकार पनि अछुतो छैन । यसका विरुद्ध शान्तिपूर्ण आन्दोलन गर्दा जनताको पूरा समर्थन पाइन्छ ।  

 

 

अख्तियार कार्यलयअगाडि एकदिन धर्ना दिँंदैमा, बोर्डिङ स्कुलको शुल्क घटाउन भन्दै चन्दा माग गर्ने , ठूला म्यानपावरसँंग चन्दा माग गर्ने, भनेजति पैसा नपाए बम पडकाएर तर्साउने ? यसरी क्षणिकरुपमा गरिने उदण्ड नीतिले राजनीति गर्दा निर्दोश जनता मर्ने अनि गरिब अनपढ सोझा कार्यकता अनाहकमा जेल परेर आफ्नो भविष्य अन्धकार पारिरहेका छन् । त्यसैले हाम्रा युुवाहरुलाई गलत बाटो जानबाट रोक्नैपर्छ ।

 

नजिकै रहेको भारतको नयाँ दिल्लीमा आम आदमी पार्टीका मुख्यमन्त्री अरविन्द केजरीवाल छन् । उनी सत्याग्रही अन्ना हजारेको अनुुयायी बनेर भ्रष्टाचारको विरोध गरेरै चुनाव जितेका हुन् । अहिले पनि उन्को सिद्धान्त र व्यवहार त्यहि छ । राम्रो काम गरेर जनताको लोकप्रिय भएका छन् । त्यसैले नेत्रविक्रम चन्दज्यू सँंधैभरी बन्दुकको नालबाट सत्ता प्राप्त हुँंदैन । २१ औं शताब्दीमा जनताको मन जितेर उनीहरुको मतबाट जनताको प्रतिनिधित्व गर्नुहोस् ।

 

यसैबाट मात्र दिगो नेतृत्व प्राप्त हुनसक्छ । कसैको नक्कल गरेर  समय खेर नफाल्नूहोस् । आफ्ना युवा कार्यकर्तालाई जनतालाई व्यवसायिक कृषिमा सघाउन लगाउनूहोस् , गाउँमा खेर गइरहेको पानीलाई कुलो र पाइपबाट सुक्खा र बाँझा खेतबारीमा पुु¥याउन सघाउनुहोस् । जनताले साथ दिनेछन् । अनि सरकारलाई शान्तिपूर्ण तवरले प्रतिस्थापन गर्ने प्रयास गर्नुुहोस् जनता तपाईंको साथमा हुनेछन । त्यसैले अब आफ्नो सोच  आक्रोसपूर्ण र उदण्ड होइन शान्तिको बाटोमा बदल्नूहोस् । अन्यथा पानीको फोकाजस्तो सानातिना दल पनि हराउन सक्छन् । बेलैमा होसपु¥याउनुहोस् । सबैको जय हुनेछ राष्ट्रको पनि भलो हुनेछ । जनता बम बारुदबाट वाक्कदिक्क भइसके ।

विशेष