खेल

अफ्रिकासँगको टी–२० सिरिज पनि श्रीलंकाले गुमायो

अफ्रिकासँगको टी–२० सिरिज पनि श्रीलंकाले गुमायो

काठमाडौं । श्रीलंका विरुद्धको टी–२० क्रिकेट सिरिज एक खेल अगावै दक्षिण अफ्रिकाले जितेको छ । दोस्रो खेलमा श्रीलंकालाई १६ रनले पराजित गर्दै द. अफ्रिकाले एक खेल अगावै सिरिज जितेको हो । शुक्रबार राति भएको खेलमा १८१ रनको लक्ष्य पछ्याएको श्रीलंकाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १६४ रन मात्र बनाउन सक्यो ।

 

उसका लागि इशुरु उडानाले बिस्फोट ब्याटिङ गर्दै ४८ बलमा नटआउट ८४ रन प्रहार गर्दा पनि टिमलाई भने जित दिलाउन सकेनन् । उनले ६ छक्का र ८ चौकाको सहयोगमा ८४ रन बनाए । यस्तै, निरुशान डिकवेलले १०, थिसरा परेराले २२, एन्जेलो पेरेराले ११, धनन्जय डि सिल्भाले १० रन जोड्नु बाहेक अन्यले दोहोरो अंकसमेत जोड्न सकेनन् । बलिङमा अफ्रिकाका क्रिस मोरिसले ३, डाली स्टेन, तबब्रिज शामीले २–२ र ड्वाइनी पेट्रोरिअसले एक विकेट लिए । 


यसअिघ, टस हारेर ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १८० रन बनायो । उसका लागि रीजा हेन्ड्रीक्सले ६५, रासी भानडेर डुसेनले ६४ रन प्रहार गरे । यस्तै, कप्तान जेपी डुमिनी ३३ र डेबिड मिलर ९ रनमा नटआउट रहे । बलिङमा श्रीलंकाका लासिथ मालिंका, इशुरु उडाना र अकिला धनन्जयले एक–एक विकेट लिए । यो हारसँगै श्रीलंका तीन खेलको सिरिजमा २–१ ले पछि परेको छ । 

श्रीलंका भर्सेस दक्षिण अफ्रिका टी–२० सिरिज क्रिकेट सिरिज

विशेष