सुमार्गी ‘कर्पोरेसन’ले प्रचण्डलाई खरिद गरेका कारण जनक्रान्ति गर्नुपरेको हेमन्तको दावी थियो (भिडियोसहित)
काठमाडौं । नेकपा (विप्लव समूह)का नेता हेमन्तप्रकाश ओलीले आठ महिना अघि नै मुलुकमा दंगाफसाद गराउने संकेत गरेका थिए । यिनै ओली शुक्रबार राति काभ्रेबाट पक्राउ परेका छन् ।
नक्खु बम विष्फोटका मुख्य योजनाकार मानिएका ओलीले नेपालआजसँग आठ महिना अघि सम्वाद गरेका थिए । त्यो सम्वादका क्रममा ओलीले कम्प्युटर र बन्दुक जोडेर युद्ध गर्ने बताएका थिए । अर्थात प्रविधि र शक्ति जोडेर नेपालमा नयाँ युद्ध गर्ने बताएका थिए । जसलाई उनले एकीकृत जनक्रान्तिको नाम दिएका थिए ।
ओलीले दलाल पुँजीपति (उनको शब्दमा विनोद चौधरी, उपेन्द्र महतो, अजय सुमार्गी, दीपक मल्होत्रा, मिनबहादुर गुरुङ, शेष घले आदि) को धन लुटेर राख्ने पार्टीको उद्देश्य रहेको उनले खुलासा गरेका थिए । दलाल पुँजीपतिको धन लुटेर राष्ट्रिय पुँजी बनाउनु आजको क्रान्ति भएको ओलीले दावी गरेका थिए । किनभने उल्लेखित पुँजीपतिहरुले नेपालमा धन संकलन गर्ने र विदेशमा लगानी गर्दै आएका छन् ।
उनले दलाल पुँजीपतिविरुद्ध कारबाही जारी रहने खुलासा गरेका थिए । सो भनाइको सात महिनापछि एनसेलको टावरमा शृंखलाबद्ध बम विष्फोट भएको थियो । नक्खु बम विष्फोटमा त एकजनाको ज्यानै गयो ।
उनले भ्रष्ट र दलाल पुँजीपतिहरुविरुद्ध जनकारबाही हुने बताएका थिए । चूडामणि शर्मालाई मोसो दलिएको घटनालाई उनले जनकारबाही भनेर अथ्र्याएका थिए ।
उनले सरकारविरुद्ध पनि कारबाही हुन सक्ने बताएका थिए ।
टेलिकमलाई कमजोर बनाएर एनसेलले लुट्ने काम गरेका कारण उसलाई कारबाही आवश्यक रहेको उनको दावी थियो । प्रधानमन्त्री र मन्त्रीहरु नै भ्रष्टाचारमा डुबेको बताएका थिए ।
पहिले प्रचण्डले आफूहरुलाई हालको राज्यसत्ता पूरै ध्वस्त पारेर नयाँ राज्यसत्ता स्थापना गर्ने बताएका थिए । तर उनी सुमार्गी कर्पोरेसनबाट प्रचण्ड किनिए ।