खेल

पाकिस्तानविरुद्ध अष्ट्रेलिया ८ विकेटले विजयी, कप्तान फिन्चको शतक

पाकिस्तानविरुद्ध अष्ट्रेलिया ८ विकेटले विजयी, कप्तान फिन्चको शतक

काठमाडौं । पाकिस्तान विरुद्धको एकदिवसीय सिरिजको पहिलो खेलमा अष्ट्रेलिया ८ विकेटले विजयी भएको छ । पाकिस्तानले दिएको २८१ रनको लक्ष्य अष्ट्रेलिया एक ओभर अगावै विजयी भयो । उसले ४९ ओभरमा २ विकेट गुमाउँदै २८१ रन बनायो ।

 

अष्ट्रेलियाका लागि कप्तान आरोन फिन्चले शतक प्रहार गरे । उनले १३५ बलमा ११६ र उश्मान ख्वाजाले २४ रन प्रहार गरे । यस्तै, शन मार्स ९१ र पीटर ह्यान्सकम ३० रनममा नटआउट रहे । बलिङमा पाकिस्तानका फहिम असरार्फ र मोहम्मद अब्बासले एकएक विकेट लिए । यसअघि, टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै २८० रन बनायो ।

 

उसका लागि हरिस शोहेलले १०१ र इमाद वसीमले नटआउट २८ रन बनाए । यस्तै, इमाल उल हक १७, शान मसूद ४०, उमार अकमल ४९, कप्तान सोयव मलिक ११ र फहिम अश्रफ २८ रनमा आउट भए । बलिङमा अष्ट्रेलियाका ग्लेन म्याक्सवेल, नाथन कुल्टर नाईलले दुई–दुई र नाथन लायनले एक विकेट लिए । ५ खेलको यो सिरिजमा अष्ट्रेलियाले १–० को अग्रता लिएको छ । दोस्रो खेल आउँदो शुक्रबार हुनेछ । 

एकदिवसीय सिरिज अष्ट्रेलिया भर्सेस पाकिस्तान

विशेष