मनोरञ्जन

नेपाली युवकसँग लगनगाँठो कस्दै श्रद्धा कपुर

नेपाली युवकसँग लगनगाँठो कस्दै श्रद्धा कपुर

एजेन्सी । बलिउड नायिका श्रद्धा कपुरले नेपाली युवक रोहन श्रेष्ठसँग लगनगाँठो कस्ने भएकी छन् । भारतीय सञ्चारमाध्यममा सार्वजनिक भएका समाचार अनुसार उनी लामो समयदेखि रोहनसँग प्रेमसम्बन्धमा थिइन् ।शक्ति कपुरकी छोरी श्रद्धाले विवाहका लागि परिवारकोसमेत अनुमति पाइसकेकी छिन् ।

 

उनले चाँडै विवाह गरे उपयुक्त हुने सुझाव समेत परिवारबाट पाएको समाचारमा उल्लेख छ । केही समयअघि श्रद्धाकै आग्रहमा रोहनले फहरान अख्तरसँग काम गर्न अस्वीकार गरेको समाचार सार्वजनिक भएको थियो ।  रोहन मुम्बइमा जमेका फोटोग्राफर हुन् । उनका पिता राकेश श्रेष्ठ नेपालबाट मुम्बइ सरेका थिए ।

श्रद्धा कपुर रोहन श्रेष्ठ

विशेष