खेल

टेस्ट सिरिजः पहिलो इनिङमै न्यूजिल्याण्डले बनायो ७१५ रन

टेस्ट सिरिजः पहिलो इनिङमै न्यूजिल्याण्डले बनायो ७१५ रन

काठमाडौं । बंगालदेश विरुद्धको टेस्ट सिरिजको पहिलो खेलको पहिलो इनिङमा न्यूजिल्याण्डले ७१५ रन बनाएको छ । ६ वकेटको क्षतिमा न्यूजिल्याण्डले ७१५ रन बनाउँदै पहिलो इनिङ समाप्त गर्यो । उसका दुई ब्याट्सम्यानले शतक, एकजनाले नटआउट दोहोरो शतक र २ खेलाडीले अर्धशतक प्रहार गरे ।

 

न्यूजिल्याण्डका लागि कप्तान केन विलियम्सनले नटआउट २००, टम लाथमले १६१, जीत रावलले १३२, कोलिन डे ग्रेण्डहोमले नटआउट ७६, हेनरी निकोल्सले ५३, नील बैगररले ४७, डीजे वाट्लिङले ३१ र रोस टेलरले ४ रन बनाए । बलिङमा बंगलादेशका सौम्य सरकार, मेहदी हसन मिराजले दुईदुई, मोहमदल्लाह र इबोटोट होसैन चौधरीले एकएक विकेट लिए ।

 

यसअघि, टस हारेर ब्याटिङको मौका पाएको बंगलादेश पहिलो इनिङमा २३४ रनमै अलआउट भयो । उसका लागि तमिम इग्बालले १२६ रन जोड्नु बाहेक अन्य ब्याट्सम्यानको प्रदर्शन सन्तोषजनक रहेन । बलिङमा न्यूजिल्याण्डका नील बैगररले ५, टिम साउथीले ३, ट्रेन्ट बोल्ट र कोलिन डे ग्रेण्डहोमले एकएक विकेट लिए ।   

न्यूजिल्याण्ड भर्सेस बंगलादेश टेस्ट सिरिज

विशेष