फोटो समाज

सिंहदरबारले नचिनेको सिंहदरबार [फोटो फिचर]

सिंहदरबारले नचिनेको सिंहदरबार [फोटो फिचर]

यी सबै सामग्रीहरू पब्लिक न्युज एजेन्सी (www.publicnewsagency.com)बाट साभार गरिएको हो। तपाईंहरूले पनि आफूलाई आवश्यक पर्ने सामग्रीहरू पब्लिक न्युज एजेन्सीमा निःशुल्क खाता खोलेर साभार गर्न सक्नुहुने छ। साथै पब्लिक न्युज एजेन्सीका लागि समाचार सामग्री र विभिन्न संघसंस्थाका प्रेस विज्ञप्ति पनि सम्प्रेषण गर्न सक्नुहुने छ।


 

सिहदरबार पस्ने पात्र फेरिए पनि कोर्स उही छ । बाहिर चिटिक्क सिंगारिए पनि न काम गर्ने शैली फेरिएको छ, न त्यसको इतिहास बचाउन कसैको ध्यान छ । सिंहदरबार पुनर्निर्माण धमाधम भइरहेको छ । २०७२ वैशाख १२ गते गएको विनासकारी भूकम्पपछि प्रयोगविहीनजस्तै रहेको पश्चिमतर्फको अघिल्लो बुर्जाको खण्डमा रहेको बेलायती बैठकको अस्तित्व अब के हुने भन्नेमा कसैसँग स्पष्ट उत्तर छैन ।

 

बेलायती सरकारको सम्पूर्ण सहयोगमा बनेको यो खण्डमा रहेका सामग्री ऐतिहासिक, पुरातात्त्विक दृष्टिले अनमोल छन् । राणाको व्यक्तिगत घर रहेको यो ठाउँलाई राणा प्रधानमन्त्री मोहनशम्शेरले भव्य भवनमा रुपान्तरण गराएका थिए । बेलायती बैठकमा राणाहरुले मनोरन्जनका लागि उपयोग गर्थे भने सरकारले लिएपछि देशविदेशबाट आउने पाहुनाको स्वागत, भोजभतेरमा यसको उपयोग हुन थाल्यो ।  त्यतिमात्र हैन, तीन करोड जनताको व्यवस्थापन गर्ने अभिभारा पनि यसै थलोलाई छ । राजामहाराजाले यही ठाउँलाई राष्ट्रिय महत्त्वको बनाए ।

 

गणतन्त्र आएपछि गिरिजाप्रसाद कोइरालाले विदेशी राजदूतका ओहोदाको प्रमाणपत्र यही हलबाट लिने परम्परा थाले । तर त्यसले निरन्तरता पाउन सकेन । यहाँ जडित बत्ती, कुर्सी, सोफा, टेबुल बेलायतबाटै ल्याइएका हुन । राणाहरूले मनोरन्जन गर्न उपयोग गर्ने ऐना छक्क पार्ने किसिमका छन् । अझ नेपालको इतिहास झल्काउने राजामहाराजाको फोटा, सालिक, वन्यजन्तुका  बहुमूल्य ट्याक्सीडर्मी आर्ट फालिएको अवस्थामा छन् । पानी चुहिएर अवस्था बेहाल छ ।

 

गृहमन्त्रालयले यसको संरक्षण दायित्व त लिएको छ तर सिंहदरबारलाई सफा राख्ने कामको थालनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले गरेको छ । सिंहदरबार पुनर्निर्माण आयोजनाले यहाँ भवन बनाउने काम गर्छ । तर आश्चर्य यी तीन निकायबीच पटक्कै समन्वय छैन ।

 

बेलायती बैठकमा फोहोरमाथि फोहोर छ । क्रिष्टलका बहुमूल्य सौन्दर्य सामग्री नष्ट हुने अवस्थामा छन् । बेलायत सरकारले दिएको बहुमूल्य क्रिष्टल घडी बिग्रिएको वर्षौं भयो । माल पाउने, चाल नपाउने योभन्दा निर्मम अवस्था अरू के हुनसक्छ । यो बहुमूल्य सम्पदा जोगाउने एजेण्डा कोहीसँग छैन ।

 

रुखविरुवा रोप्ने, सडक सम्याउने, बढार्नेमा केन्द्रित सरोकारवालाहरु सिंहदरबारको मुटु जोगाउने एजेण्डामा बेखबर छन् । यसतर्फ कसैको ध्यान नजाने हो भने इतिहासको एउटा पाटो समाप्त हुनबाट कसैले रोक्ने छैन ।

सिंहदरबार पुनर्निर्माण गिरिजाप्रसाद कोइराला पुरातात्त्विक मोहनशम्शेर

विशेष