कभर स्टोरी भिडियो

यस्तो नागरिकता विधेयकमा टेकेर विदेशीले जनसांख्यिक आक्रमण गर्न सक्छन् (भिडियोसहित)

यस्तो नागरिकता विधेयकमा टेकेर विदेशीले जनसांख्यिक आक्रमण गर्न सक्छन् (भिडियोसहित)

काठमाडौं । नेपालआजको नियमित भिडियोस्तम्भ ‘कुरा खस्रा मीठा’मा यसपटक विश्लेषक अरुणकुमार सुवेदीले सिके राउतसँगको ११ बुँदै सम्झौता, रेशम चौधरीलाई सुनाइएको जन्मकैद र विप्लव समूहको विषउमा चिरफार गर्नुभएको छ । उहाँको मत, तर्क र विश्लेषणले निम्न विषयहरुलाई निम्नानुसार परिभाषित गर्छः 

 

सिके राउत र ११ बुँदे 

सिके राउत सुट लगाउँछन् । उनको टाई रातो हुन्छ । कपाल हिप्पीको जस्तो छ । यिनी चञ्चल स्वभावका मानिस भएका कारण कुनै पनि ठाउँमा, कुनै पनि अवस्थामा पुग्न सक्ने अवस्था रहन्छ । म पनि जेल बसेको छु । उनी केही समय जेल बसे । जेल बस्न सजिलो छैन । त्यसबाट ‘ब्रेक डाउन’ भएको पनि हुन सक्छ । तर पनि उनी आफ्नो उद्देश्यमा पुगिसकेको देख्दिनँ । यसकारण मैले यसलाई अन्तरिम अवतरण मानेको छु । 

">

सिके राउत दक्षिणका होइनन् पश्चिमका हुन भन्ने कुरामा धेरैलाई भ्रम छैन । सिकेको गतिविधिबाट भारत खुसी थिएन । एकथरी मानिसहरु छन् जसलाई दक्षिणलाई गाली नगरी भोक लाग्दैन, निद्रा पनि लाग्दैन । उनीहरुको सामाजिक औचित्य पनि त्यसका कारण स्थापित भएको छ । अन्तिम समयमा आएर भारतेलीहरु अत्यन्त एग्रेसिभ भएका थिए । अपरिभाषित इन्काउन्टर हुन सक्ने सम्भावना पनि थियो  भन्ने कुरा सुन्नमा आएको छ । तराईमा ट्रिगर हुँदा भारतमा पनि तंरग आउन सक्थ्यो । दक्षिण एसियामा कुनै पनि एक मुलुक टुक्रिया भने यो क्षेत्र धेरै तरंगीत हुन्थ्यो । 

 

जनअभिमत भनेको पिपुल भर्डिक्ट हो । पिपुल भर्डिक्टमा जनमत संग्रह पनि पर्छ । यसकारण जनमत संग्रहमा जाने र देश टुक्र्याउने एजेन्डा स्थापित हुने देख्छु । जनअभिमत भन्ने कुराले जनमत संग्रहलाई निषेध गर्दैन । एउटा मुलुकको भौगोलिकको अखण्डता ठूलो कि जनताको सार्वभौम अधिकार ठूलो भन्ने बहस दुई नम्बर बुँदाले खोलिदिएको छ ।

 

भूमि नभए पनि जनताको राज्य भएको नजिर स्थापित छन् । प्यालेष्टाइनीहरु त्यसका उदाहरण हुन् । माओवादीसँग १२ बुँदे सहमति गर्दा संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता शब्दै थिएनन् । त्यसैलाई टेकेर अहिले यी सबै भए । सिकेसँग गरिएको ११ बुँदेमा पनि टेकेर मुलुक टुक्र्याउने खेल त हुँदै छैन ? मलाई यसैमा डर लागेको छ । म यसमा चिन्तित छु । 

 

जनसांख्यिक आक्रमण

आफ्नो देशको ठूलो जनसंख्या अर्को देशमा प्रवेश गराएर त्यो देश कब्जामा लिन जनसांख्यिक आक्रमण हुन सक्छ । तराईमा भारतले त्यस्तो गर्ने आधार बनेको देखेको छैन । एउटा प्रजातान्त्रिक मुलुकले आफ्ना जनतालाई नेपालमा जाऊ, अनि जनमत संग्रहमार्फत नेपाललाई भारतमा मिसाउनु पर्छ भन्न सक्दैन । व्यवहारिक दृष्टिले पनि सम्भव छैन । अहिलेको नागरिकता विधेयक खतरनाक हुन सक्छ । भारतले डेलिबरेट्ली चाह्यो भने जनसांख्यिक आक्रमण गर्ने ढोका अहिलेको नागरिकता विधेयकले दिएको छ । 

 

मुभ लिन्चिङ थियो टीकापुर घटना 

टीकापुर नरसंहारमा दोषी मानेर एक जना सांसदलाई जन्मकैद भएको छ । टीकापुर घटनामा रेशम आफै भाला रोप्न गएका थिएनन् । वास्तवमा त्यो एउटा मुभ लिन्चिङ (दंगाफसादका क्रममा आपराधिक हुलले गर्ने ध्वंश, जसमा व्यक्ति विशेषको पहिचान हुन सकेको हुँदैन) थियो । त्यो मुभ लिन्चिङ गराउन वा भीडलाई उत्तेजित पार्ने काम रेशमले गरे भन्ने कुरा छ । त्यसो त घटनाको एक दिन अगाडि अमरेशकुमार सिंह र राजेन्द्र महतो पनि गएर  मान्छेलाई उत्तेजित बनाएका थिए । तर उनीहरुलाई कारबाही भएन । रेशम चौधरी नभएर दाहाल, सुवेदी, ढुंगेल भएको भए यस्तो सजाय हुन्थ्यो त ? यो सोचनीय छ । 

">

अरुण कुमार सुवेदी

विशेष