मनोरञ्जन

बलिउडमा रणवीर-आलिया उत्कृष्ट जोडी

बलिउडमा रणवीर-आलिया उत्कृष्ट जोडी

एजेन्सी । बलिउडका चर्चित पछिल्ला जोडी रणवीर कपूर र आलिया भट्टलाई यो वर्ष खुबै फापेको छ । यो जोडी  फिल्मफेयर अवार्ड २०१९ बाट उत्कृष्ट भएको छ । रणवीरलाई अभिनेता सञ्जय दत्तको जीवन कथामा आधारित फिल्म ‘सन्जू’ अभिनय गरेवापत उत्कृष्ट मेल आर्टिस्टको रुपमा सम्मान गरिएको हो ।

यसैगरी, आलियाले ‘राजी’का लागि उत्कृष्ट फिमेल आर्टिस्टको सम्मान पाएकी हुन । राजी फिल्मका निर्देशक मेघना गुलजार उत्कृष्ट निर्देशक छानिन सफल भए । अर्को अनौठो संयोग के परेको छ भने उत्कृष्ट फिल्मफेयर सम्मान पाएको यो जोडी एकसाथ नयाँ फिल्म ‘ब्रम्हास्त्र’मा काम गरिरहेको छ । यो फिल्मको मुख्य भूमिकामा बिग बी अमिताभ बच्चनलाई देख्न पाइने छ । 

व्यक्तिगत जीवनमा अत्यन्त निकट रहेका रणबीर र आलियाले निकट भविष्यमै घरजम गर्न लागेको गसिप पनि बलिउडमा चल्ने गरेको छ । यद्यपि आलियाले सञ्चारमाध्यममा यो वर्ष आफ्नो विवाह गर्ने कुनै योजना नभएको स्पष्टिकरण दिएकी छन् ।   

आलिया भट्ट प्रख्यात निर्देशक, निर्माता महेश भट्टकी छोरी हुन भने रणवीर कपूर बलिउड हस्ती ऋषि कपूर र नीतू सिंहका छोरा हुन् । बलिउडमा ‘प्लेव्बाई’ उपनामले समेत परिचित रणवीरको यसअघि कट्रिना केफ र दीपिका पादुकोणसंगको प्रेमलीला पनि सार्वजनिक भएको थियो । 

आलिया भट्ट रणवीर कपूर

विशेष