खेल

आइपीएलः मुम्बईलाई हराउँदै सन्दीप आवद्ध दिल्लीको विजयी शुरुवात

आइपीएलः मुम्बईलाई हराउँदै सन्दीप आवद्ध दिल्लीको विजयी शुरुवात

 काठमाडौ  । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत पहिलो खेलमा दिल्ली क्यापिटल्सले मुम्बई इन्डियन्सलाई ३७ रनले हराउँदै विजयी शुरुवात गरेको छ । दिल्लीले दिएको २१४ रनको लक्ष्य पछ्याएको मुम्बईले निर्धारित १९.२ ओभरमा सबै विकेट गुमाउँदै १७६ रन मात्र बनाउन सक्यो ।

 

उसका लागि युवराज सिंहले सर्बाधिक ५३ रन बनाए । यस्तै, क्विन्टन डी ककले २७, कप्तान रोहित शर्माले १४, किरण पोलार्डले २१, कुणाल पाण्ड्याले ३२ रन बनाए । अन्य खेलाडीले दोहोरो अंकसमेत बनाउन सकेनन् । बलिङमा दिल्लीका इशान्त शर्मा, कागिसो रवाडाले २–२, अक्षर पटेल, किमो पल, राहुल तेबटीया र ट्रेन्ट बोल्टले एक–एक विकेट लिए ।

 

यसअघि, टस हारेर ब्याटिङको मौका पाएको दिल्लीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २१३ रन बनायो । उसका लागि कोलिन इन्ग्रामले ४७, शिखर धवनले ४३, कप्तान श्रेयस अय्यरले १६, पृथी शाँले ७, किमो पलले ३, अक्षर पटेलले ४ रन बनाए । यस्तै, ऋषभ पन्त ७८ र राहुल तेबटीया ९ रनमा नटआउट रहे ।  

 

बलिङमा मुम्बईका मिचेल म्यक्लनघनले ३, हार्दिक पाण्ड्या र बेन कटिङ र जसप्रित बुमराहले एक–एक विकट लिए । पहिलो खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछानेले मौका पाएनन् । दिल्लीको अर्को खेल २६ मार्च चेन्नई सुपर किंग्ससँग छ ।  
 

इन्डियन प्रिमियर लिग दिल्ली क्यापिटल्स मुम्बई इन्डियन्स

विशेष