खेल

फिन्चको शतकमा पाकिस्तानमाथि अष्ट्रेलियाको शानदार जित

फिन्चको शतकमा पाकिस्तानमाथि अष्ट्रेलियाको शानदार जित

काठमाडौं । पाकिस्तान विरुद्धको एकदिवसीय सिरिजको दोस्रो खेलमा अष्ट्रेलिया ८ विकेटले विजयी भएको छ । पाकिस्तानले दिएको २८५ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले ४७.५ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । उसका लागि कप्तान आरोन फिन्चले ११ चौका र ६ छक्काको मद्दतले १४३ बलमा १५३ रन प्रहार गरे । यस्तै, उश्मान ख्वाजाले १०९ बलमा ८८, ग्लेन म्याक्सवेलले १९ र नटआउट शन मार्सले ११ रन बनाए । बलिङमा पाकिस्तानका शासिर शाहले एक विकेट लिए ।  

 

यसअघि, टस जितेर ब्याटिङ रोजेको पाकिस्तानले आज निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २८४ रन बनायो । उसका लागि मोहम्मद रिजवानले शतक प्रहार गरे । उनले ११५, कप्तान सोयव मलिकले ६०, हरिस सोहेलले ३४, शन मसूदले १९, फहिम असरफले १४, उमर अकमलले १६ र अमद वसिमले नटआउट १९ रन बनाए ।

 

बलिङमा जय रिचडसन, नाथन कल्टरले २–२, नाथन लायन, एडम जम्पा र आरोन फिन्चले एक–एक विकेट लिए । यो सिरिज यूएईमा भइरहेको छ । पाँच खेलको सिरिजमा अष्ट्रेलियाले २–० ले अग्रता बनाएको छ ।

पाकिस्तान भर्सेस अष्ट्रेलिया एकदिवसीय सिरिज

विशेष