मुख्य समाचार

आजदेखि तीन दिनसम्म वर्षा, उच्च पहाडी भागमा हिमपात हुनसक्ने

आजदेखि तीन दिनसम्म वर्षा, उच्च पहाडी भागमा हिमपात हुनसक्ने

काठमाडौं । आजदेखि बुधबारसम्म पानी पर्ने र हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपात हुने भएको छ । जल तथा मौसम विज्ञान विमागका अनुसार मेडिटेरानियन सीबाट नेपाल आएको जलवाष्पयुत्त हावाका कारण सोमबार पश्चिमी क्षेत्रमा, मंगलबार देशभरी र बुधबार पूर्वी क्षेत्रमा वर्षा हुनेछ ।  

 

आज देशको पश्चिमी भूभागमा र अन्य पहाडी भूभागहरुमा सामान्य देखि पूर्ण बदली रहि बाँकी भूभागहरुमा आंशिक बदली रहने र पश्चिमी भेगका केही स्थान, अन्य  पहाडी भेगका केही स्थानहरुमा मेघ गर्जन सहितको छिटपुट देखि हल्का वर्षाको संभावना रहेको मौसमविद गंगा नगरकोटीले जानकारी दिइन् । 

 

यस्तै पश्चिमी उच्च पहाडी र हिमाली भेगका केहि  स्थानहरुमा र मध्य र पूर्वी  उच्च पहाडी र हिमाली भेगका थोरै  स्थानहरुमा हल्कादेखि मध्यम  हिमपातको सम्भावना छ । निरन्तर झरी पर्ने नभई वर्षा हुने र रोकिने क्रम हुने, हावाहुरी सहित पानी पर्ने संभावना रहेको मौसमविद्को अनुमान छ ।  

 

आज राती पनि देशको पहाडी भूभागहरुमा सामान्य देखि पूर्ण बदली रहने र पश्चिमी भेगका केहि  स्थान तथा अन्य  पहाडी भेगका थोरै  स्थानहरुमा मेघ गर्जन सहितको छिटपुट देखि हल्का वर्षाको संभावना रहेको विभागले जनाएको छ । भोलि पनि देशका अधिकांश स्थानहरूमा सामान्य देखि पूर्ण बदली रहि पहाडी भूभागहरूमा मेघ गर्जन सहितको छिटपुट देखि हल्का वर्षाको संभावना छ । उच्च पहाडी र हिमाली क्षेत्रहरूमा हिमपातको सम्भावना छ । 

वर्षा हिमपात

विशेष