मुख्य समाचार

प्रचण्ड पत्नी सीता दाहालको स्वास्थ्यमा सुधार

प्रचण्ड पत्नी सीता दाहालको स्वास्थ्यमा सुधार

काठमाडौं  । अमेरिकामा उपचार गराई रहेकी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्ड  पत्नी सीता दाहालको स्वास्थ्यमा सुधार आएको छ ।  पार्किन्सस् रोगबाट ग्रसित दाहालको उपचारका लागि अध्यक्ष प्रचण्ड चैत ३ गते अमेरिका प्रस्थान गरेका थिए । एक हप्ताको उपचारपछि उनमा निकै सुधार आएको अध्यक्ष प्रचण्डको निजी सचिवालयले जनाएको छ । 


प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाका अनुसार दाहालको स्वास्थ्यमा पहिलेभन्दा निकै सुधार आएको छ र सोमवार ‘रिर्पोर्ट’ आएपछि सबै कुरा स्पष्ट हुन्छ । आफै हिडडुल गर्न नसक्ने अवस्थामा रहेकी दाहाल अहिले आफै हिँडडुल गर्ने अवस्थामा पुगेकी छन् । सोमवारको रिपोर्ट हेरेर थप उपचार गराउनुपर्ने वा फर्किनु पर्ने तय हुने बताइएको छ । उनको उपचार अमेरिकाको जोन हप्किङ्स अस्पतालमा भइरहेको छ ।

सीता दाहाल अध्यक्ष प्रचण्ड

विशेष