२ महिनाभित्र मलेसिया रोजगारी सुचारु हुने

काठमाडौं । वैदेशिक रोजगारीका लागि मलेसिया जाने श्रमिकको स्वास्थ्य परीक्षणका नाममा कायम रहेको सिन्डिकेटको अन्त्य भएको छ । ४ महिनाअघि दुई देशबीच भएको श्रम समझदारीअनुसार मलेसियाले कामदारको स्वास्थ्य परीक्षण मापदण्ड नेपाललाई पठाएसँगै बायोमेट्रिक तथा माइग्राम्सका नाममा कायम रहेको सिन्डिकेट अन्त्य भएको छ ।
स्वास्थ्य परीक्षण मापदण्ड प्राप्त भएसँगै गत १२ कात्तिकमा दुई देशबीच भएको श्रम समझदारीअनुरुप अबरुद्ध मलेसियाको राजगारी सुचारु हुने देखिएको छ । नियमित प्रक्रियाबाट कामदार मलेसिया जान अझै २ महिना कुर्नुपर्ने हुन सक्छ । यो समाचार नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।
वैदेशिक रोजगारी मलेसिया