सरकार–देशको रोजगारी विदेशीलाई देऊ, नेपालीलाई खाडी पठाऊ
पूर्ण ओली
स्वदेशमा रोजगारीका अबसर नभएपछि शिक्षीत अशिक्षीत सबै युवाहरु बिदेश जान बाध्य भएका छन् । रोजगारमा जानेहरुमा पनि ठगिने उत्तिकै छन् । सरकारले केही हदसम्म बिदेशीसंँग श्रम सम्झौता गरेर यसलाई व्यवस्थित गर्दै सरल र सुबिधाजनक बनाउने प्रयास गर्नु पनि उक्तिसंगत नै हुन्छ । तर वैदेशिक रोजगारीमा जान खोज्ने युवाहरुको संख्या क्रमश घटाउंँदै लाने प्रयास सरकारको हुनुपर्छ तर अहिलेसम्म त्यसतर्फ सरकार उन्मुख भएको देखिँदैन ।
सरकारले जुन किसिमबाट स्वदेशमा रोजगारीका कार्यक्रमहरु तदारुकताकासाथ ल्याउनु पथ्र्यो, त्यो ल्याउन सकेको छैन । जसले गर्दा युुवाहरुको विदेशमोह घटने होइन बढ्नेक्रम मै छ । केहि दिन पहिला जापानबाट नेपाली युवाहरु रोजगारको लागि भाषा सिकाएर लैजाने खबरले धेरै युुवाहरु जापानतर्फ आकर्षित हुुने संभावना बढेको छ । यसभन्दा अघि कोरिया जाने युुवाहरुको संख्या बढ्दै गएको थियो । मलेसिया र खाडीमुलुकमा जाने लाखौं युवाहरुको संख्या पनि त्यहि अनुसार बढ्दै गएको छ । विदेशबाट दैनिक सालाखाला २ जनाको लास बाक्सामा बन्द भएर आउनेक्रम यथावत छ । नेपालमा भने युवाहरुको अभाव भएर छिमेकी देश भारतबाट खुला सिमानाको कारण अत्यधिकमात्रमा श्रमिकहरु आइरहेका छन् । यस बिषयलाई सरकारले गम्भीररुपमा लिएको देखिदैन ।
अर्कोतर्फ स्वदेशमा रोजगार नपाएर बसेका शिक्षीत तथा अशिक्षीत युवाहरुपनि त्यत्तिकै छन् । अमेरिकामा राम्रो अवसर प्राप्त हुँुंदाहँुुंदै पनि स्वदेशको मायाले केही बर्ष पहिला नेपाल फर्केका एकजना युुवा जस्ले पब्लिक पोलिसीमा पिएचडी गरेका छन् उन्ले रोजगार पाउन धेरै प्रयास पश्चात केही उपाय लागेन । त्यसपछि पहिला नेपाली काँगे्रसको प्रमुख नेताकोमा धाए । त्यहाँबाट अवसर नपाएपछि अहिलेको सरकारको पार्टी नेकपाको बरिष्ठ नेताकोमा पुुगे तर उनलाई पार्टीको सदस्यता नलिएको भनि सहयोग गर्न नसकिने भनि बेवास्ता गरियो । अहिले पनि उनी आफ्नो महत्वपूर्ण लेखहरु बिना आयआर्जन विदेशमा पठाइरहन्छन् ।
यस्ता कुुनै दलमा नलागेका राष्ट्रको बिकासमा महत्वपूर्ण कार्य गर्नसक्ने क्षमतावान युुवाहरुको कदर गरिँदैन भने अरु साधारण पढेलेखेका युवाहरु कसको आशमा स्वदेसमा बस्न सक्छन् ? लोकतन्त्र आएपछि पनि टाठाबाठा र झोले कार्यकर्ताले मात्र केही फाइदा पाउन सक्छन् अरुलाई मौका दिइँदैन भन्ने शिक्षीत बेरोजगारका उदाहरण हुन् उनी । अहिले क्षमताभन्दा दलका कार्यकर्ता र चाकडी तथा पैसाको थैली बुुझाउनेलाई मौका दिइने गरेको प्रष्टरुपमा देख्न सकिन्छ ।
लगानी सम्मेलन पनि सरकारले आयोजना गर्दैछ । यसबाट पनि तुरुन्तै नयाँ उद्योग खोल्न सकिदैन । कसैले लगानी गरे पनि संचालनमा आउन समय लाग्नेछ । यसमा प्रमुख समस्या श्रमिकहरुको हुनेछ । कर्मचारी पनि सहयोगात्मकभन्दा आफूलाई फाइदा नहुने फायल अघि बढाउन चाहँदैनन् । सरकारले कर्मचारीलाई कढाइकासाथ कार्यान्वयनमा जोडदिन प्रभावकारी भूमिका खेल्नैपर्छ । सरकारले युवाहरुलाई स्वदेशमै राख्ने कार्यक्रमहरु शीघ्र संचालन गर्नुपर्छ । व्याबसायिक कृषि खेतीको लागि प्रोत्साहन र आवश्यक लगानी गर्न सरकारको प्राथमिकतामा राखिनुपर्छ । कृषिजन्य उत्पादन पनि ठूला उद्योगमा कच्चा पदार्थको रुपमा प्रयोग हुन्छन् । सबै उद्योग तथा कृषि पेशाको लागि पानी नै पहिलो पूूर्वाधार हो जसको अभावमा कुनै पनि खेती तथा उद्योगहरु चल्न सक्दैनन् । सरकारले पहाडदेखि तराइसम्म घरघरमा पानीको सहजता र सुबिधामा मात्र अत्यधिक ध्यान दिन सकेमा रोजगारका बाटाहरु खुल्न सक्छन् । त्यहीअनुुरुप सरकारका प्याकेज प्रोग्रामहरु, अनुदान, प्राविधिक सहयोग तल्लो तहसम्म समयमा पुुग्न सकून् । जस्को परिणामस्वरुप युवाहरु स्वदेशमा बस्ने बातावरण बन्नसक्छ । यसतर्फ सरकारको ध्यान पुुगोस् । अन्यथा सरकारको समृद्ध नेपाल तथा खुसी नेपालीको नारा भाषणमा मात्र सिमित हुनेछ ।