देश

काठमाडौंको सडकमा धुलो बढार्न नयाँ ब्रुमरको प्रयोग हुने

काठमाडौंको सडकमा धुलो बढार्न नयाँ ब्रुमरको प्रयोग हुने

काठमाडौं। सडकको धुलो सफा गर्ने उद्देश्यले काठमाडौं महानगरपालिकाले ५ वटा अत्याधुनिक ब्रुमर प्रयोग गर्ने भएको छ ।

 

मङ्गलबार एक कार्यक्रमको आयोजना गरी महानगरपालिकाले इटालीबाट खरिद गरी भित्र्याइएको ब्रुमरको औपचारिक रुपमा शुभारम्भ गरिएको छ । करिब १० करोड लागतमा खरिद गरिएको ब्रुमरको अधिकतम क्षमता २५ हजार स्क्यानर मिटर (०.०२५ स्क्यानर किलोमिटर) प्रतिघण्टा रहेको छ ।

 

टेकुबाट विभिन्न रुटमा गएर उक्त ब्रुमरहरुमार्फत सडकका धुलो सफा गर्नेछ । दिनको समयमा बढी ट्राफिक जाम हुने भएकाले उक्त ब्रुमरको प्रयोग बेलुका मात्र गरिने महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले बताए । सानै भएपनि सुधारका काममा ब्रुमरको महत्वपूर्ण भुमिका हुने उनको भनाई थियो ।

विशेष