खेल

आइपीएलः गेलको विस्फोटक ब्याटिङमा पन्जाबको विजयी शुरुवात

आइपीएलः गेलको विस्फोटक ब्याटिङमा पन्जाबको विजयी शुरुवात

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा किंग्स इलेभेन पञ्जावले विजयी शुरुवात गरेको छ । सोमबार राति भएको खेलमा राजस्थान रोयल्सलाई १४ रनले हराउँदै आइपीएलमा पन्जाबले विजयी शुरुवात गरेको हो ।जयपुरस्थित राजस्थानको ‘होम ग्राउण्ड’ मा भएको खेलमा क्रिश गेलले उत्कृष्ट ब्याटिङ गरेपछि पञ्जावले जित निकाल्न सफल भयो ।  राजस्थानविरुद्ध पन्जाबले उसकै घरेलु मैदानमा १२ वर्षपद्धि जित निकाल्न सफल भएको हो ।

 

टस हारेर ब्याटिङको मौका पाएको पञ्जाबले २० ओभरमा ४ विकेट गुमाउँदै १८४ रन बनाएको थियो । उसका लागि क्रिश गेलले विस्फोटक ब्याटिङ गरे । उनले ४७ बलमा ८ चौका र ४ छक्काको मद्दतमा ७९ रन बनाए । यस्तै सर्फराज खानले अविजित ४६ रन बनाए । उनले २९ बलमा ६ चौका र एक छक्का प्रहार गरेका थिए । मायांक अग्रवालले २२, निकोलस पुरनले १२, केएल राहुलले ४ र मन्दीप सिंहले नटआउट ५ रन बनाए । बलिङतर्फ राजस्थानका बेन स्टोक्सले २,  कृष्णप्पा गौतम र धवन कुलकर्णीले एकएक विकेट लिए । 

 

१८५ रनको लक्ष्य पछ्याएको राजस्थान २० ओभरमा ९ विकेट गुमाउँदै १७० रन मात्र बनाउन सक्यो । उसका लागि जोस बट्लरले १० चौका र दुई छक्का प्रहार गर्दै ४३ बलमा ६९, अजिन्क्या रहाणेले २७ सन्जु स्यामसनले ३०, स्टेभेन स्मिथले २० रन जोडे । अन्य खेलाडीको प्रदर्शन राम्रो रहन सकेन । 

 

राजस्थानलाई हराउनका लागि स्याम कुरान, मुजिब उर रहमान, अंकति राजपूतले दुईदुई र विचन्द्र आश्विनले एक विकेट लिए । आइपीएलमा आज सन्दीप लामिछाने आवद्ध दिल्ली क्यापिटल्स र चेन्नई सुपर किंग्स भिड्दै छन् । खेल नेपाली समयअनुसार साँझ ८ः१५ बजे दिल्लीमा हुँदैछ । यी दुई टिमले पहिलो खेलमा जित दर्ता गरिसकेका छन् । 

इन्डियन प्रिमियर लिग राजस्थान रोयल्स किंग्स इलेभेन पञ्जाव

विशेष